लालीगुराँसले सिंगारियो घोडेपानी (फोटोफिचर)
पाेखरा | बैशाख ५, २०८१
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।
घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ ।
अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ ।
तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज










पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

