पोखरा।   सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ ।   कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-                    

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी पुग्न थालेका छन्। यसले यहाँको पर्यटन गतिविधि समेत बढाएको छ। होटलहरू भरिभराउ भएका छन् भने पर्यटन व्यवसायी उत्साहित भएका छन्।   समुन्द्री सतहदेखि २,८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्र वसन्त ऋतुको आगमनसँगै रमणीय बनेको हो।   घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनका अनुसार दैनिक ३००–५०० पर्यटक यहाँ भ्रमणमा आउँछन्।     अन्नपूर्ण गाउँपालिका–५, शिखका स्थानीय युवा सुरेन गुरुङले भने, ‘‘वसन्तकालिन याम सुरु भएसँगै वनजङ्गलमा लालीगुराँस फुलेका छन्। डाँडापाखा रङ्गिएका छन् र फुलेको लालीगुराँसले पर्यटकलाई स्वागत गरेको जस्तो देखिन्छ। मौसम खुलेपछि घोडेपानी अझ सुन्दर देखिने छ।’’   पुनहिलमा चिया पसल र प्रवेश शुल्क सङ्कलन गर्ने व्यवसायी सुदीप पुर्जा अनुसार दैनिक ३०० भन्दा बढी आन्तरिक पर्यटक पुनहिलको भ्रमणमा आउँछन्। पुनहिलबाट धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ।   घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ। स्थानीयहरूले गुराँस संरक्षणका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्।      

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी      

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ ।   पोखराको ढुङ्गेसाँघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाँघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ ।  नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् ।    थप तस्बिरहरु:-                                    

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै देखिने हिमश्रृङखला र आतिथ्यताले पाहुनाहरु पुलकित हुन थाल्छन् । यो पर्यटकीय राजधानी पोखराको छिमेकी पालिका माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोट गाउँ हो ।   जहाँ २०६४ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छ ।    २० घरदेखि सुरु भएतापनि बसाइँसराइँका कारण हाल १ दर्जन घरले होमस्टे सञ्चालन गर्दै आएका छन् । जुन गाँउ प्रकृति र संस्कृतिमा निकै धनि छ ।      कसरी जाने ?   पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस गाउँसम्मै पक्की सडकको सुविधा छ । सिमपानी, याम्दी, हेम्जाको मिलनचोक, मेलबोट झिझिर्का, धितालबाट हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ ।    अधिकांश गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा करिब ५० घर रहेको छ । तर, १२ घरमा मात्रै होमस्टे सञ्चालनमा छ ।   करिब ८० जना पाहुना राख्ने क्षमता भएको यस होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ प्याकेजको व्यवस्था छ ।   हेर्नुहोस्, थप तस्बिर:                                

रसुवा:   नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।   सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको हो ।   बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको छ।   तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी                                 

काठमाडौँ:   मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो  क्षति पुर्‍याएको छ।   चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ।    बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ भने १९ जना अझै  बेपत्ता छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएका हुन् ।    बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।    तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी                    

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिवमा शोभा अधिकारी पौडेल, सचिवमा शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्षमा शारदा लम्साल निर्वाचित भएकी छिन् । संस्थाको वरिष्ठ सदस्यमा कमला गुरुङ, सदस्यहरुमा मिना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की निर्वाचित भएको नि।अध्यक्ष गिरीले जानकारी दिइन् ।