पोखरा​:   काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको छ ।   सहकारी ठगी ...

पोखरा महानगरपालिका भित्रका मुख्य चोकहरुमा जडित टाफिक लाइट सञ्चालनमा ल्याइएको छ ।   लाइट जडान भएको झण्डै एक वर्ष पुग्न लाग्दाजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयले नेतृत्व गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।   पाण्डेयले भर्खरै मात्र कास्की ट्राफिकको जिम्मेवारी सम्हालेकी आएकी हुन् । उनले पैदलयात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि दर्जनौ ट्राफिक प्रहरी फिल्डमा खटिएको बताइन् । ‘अभ्यास होइन यो अब सिस्टम र प्रविधिले जतिसम्म धान्छ यसको प्रयोग निरन्तर नै हुन्छ ।’ उनले सुनगाभा न्यूजसँग भनिन्, ।   अहिले पैदल यात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि सकस परिरहेको छ । त्यसकारण ट्राफिक प्रहरी जेब्रा क्रसिङको लाइनमा बसेर निर्देश गरिरहेका छन् ।   पोखराको मुख्यचोक लखनचोक, सृजनाचोक, महेन्द्रपुल, सभागृह लगायतका चोकहरुमा गत वर्ष सडक विभागले ट्राफिक लाइट जडान गरेको थियो ।    यद्यपी यसलाई प्रयोगमा ल्याउन पहल गरिएपनि सवारी साधनको सन्तुलन र अप्रेशन गर्ने सफ्टवेरका कारण सञ्चालनमा आउन सकेको थिएन ।   थप तस्बिरहरु:                        

पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।   नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसएमटी दशैं फेस्ट’ गरेको हो ।   दि जुकबक्स ब्याण्डको विशेष प्रस्तुती रहेको फेस्टमा विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुती राखे । फुड, म्युजिक, ड्रिन्क्स र डान्स थिममा कलेजले यो कार्यक्रम राखेको हो ।   कलेज परिसरमा बुधबार अपरान्ह ४ बजेदेखि चलेको फेस्टमा विद्यार्थीहरुले खुलेर मज्जा लिए ।     पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पढाईसँगै मनोरञ्जन पनि आवश्यक रहेको उल्लेख गरे ।   उनले यस कलेज वडाको चिनारीका रुपमा रहेको बताउँदै समसामयिक शिक्षा प्रदान गर्नुका साथै यहाँबाटै बेलायतको विश्वविद्यालयको प्रमाणपत्र पाउने अवसर सिर्जना गरेकोमा आभार व्यक्त गरे ।     आइएसएमटी कलेज पोखराका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार अवसरमा कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी कर्मचारीबीच शुभकामना आदानप्रदान गर्ने हेतु पनि यस कार्यक्रम आयोजना गरिएको हो ।     आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।   आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।     कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।         यो पनि पढ्नुहोस   पोखराको आइएसएमटी कलेजले थप्यो 'बिएचएम' कार्यक्रम आइएसएमटी कलेजले भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न आइएसएमटी कलेजबाट ३ सय ९० विद्यार्थी दीक्षित आइएसएमटीमा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ तालिम पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’    

पोखरा:    संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   गण्डकी प्रदेश सरकारको आयोजनामा आज पोखरामा संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस मनाइएको हो ।   गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलगायतले सहिदचोकमा पुगेर सहिदका सालिकमा माल्यार्पण सहिदचोकदेखि सुरु भएको प्रभातफेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आएर मूल समारोहमा परिणत भएको थियो । उक्त समारोहमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कलाकारहरुले विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।                          

पोखरा:   आज ३० औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।    संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आइएको छ ।    पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।   ३० औं विश्व आदिवासी दिवस संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर भन्ने नारासहित मनाइँदै छ ।    पोखरामा मानवअधिकार चोकबाट चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत निकालिएको छ ।    मौलिक भेषभूषामा सजिएर पोखराको सडकमा निस्किएका आदिवासीहरुलाई सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्:                            

काठमाडौं:   पोखराका लागि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेकोसौर्य एयरको जहाज दुर्घटना भएको छ ।   चालक दलका सदस्य र प्राविधिक १७ जनाको टोलीसहित  विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।   जसमध्ये अहिलेसम्म १३ जनाको शव निकालिएको बताइएको छ ।   आज (बुधबार) बिहान  ११ बजे काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेबित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो ।    यो पनि पढ्नुहोस     जहाज दुर्घटना अपडेट: दुई जनाको शव फेला   विमान दुर्घटनाका कारण विमानस्थल बन्द, उडान अवतरण प्रभावित विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल लगिएको छ ।   तस्बिरहरू: नेपाली सेना                          

पोखरा:    आज साउनको पहिलो सोमबार ।   पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ ।    यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ ।   केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ ।   बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो ।     मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ  भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ । थप तस्बिरहरु:-                            

पोखरा:   आजदेखि साउन महिना सुरु भएको छ । जसलाई शिवजीको महिना पनि भन्ने प्रचलन छ ।   यसलाई विभिन्न रंग समायोेजनको महिना पनि भनिन्छ । अधिकांश महिलाका लागि यो महिना विशेष कहलिन्छ ।   आजैको दिनदेखि नारीका  हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा सजिन्छन् ।     प्राय महिलाहरु साउने र सोमबारे ब्रतसमेत बस्छन् ।  छोरी चेलीहरु हत्केला सजाउनका लागि पोखराका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।    पोखराको न्यूरोड, चिप्लेढुङ्गा, अमरसिंह चोक लगायतका क्षेत्रमा हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुरा लगाउनेको भिड देखिएको छ ।   हेर्नुहोस् थप तस्बिर:-                      

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखरामा जारी श्रमाधान रोजगार मेला सकिएकाे छ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहआयोजनामा पोखरा इभेन्ट सेन्टरमा चलेकाे थियाे ।    सो मेलामा विभिन्न प्रकारका शेशनहरु चल्दैछन् । दोस्रो दिन ‘शिक्षा र रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई’, ‘पर्यटनले कोर्नुपर्ने अबको बाटो’ श्रम कानूनका अप्ठेराहरु र फुकाउनुपर्ने गाँठोहरु’ बारे चर्चा गरिएको थियो ।   रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेस निर्माणमा मेलाको लक्ष्य छ ।   मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका थिए । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका थिए ।   सबै तस्बिर: अर्जुन गाहा (सुशान्त) मगर:-                  

पोखरा:     गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ ।  भोलि सकिने मेला पोखरा इभेन्ट सेन्टरमा आजदेखि सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गरे ।    मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने मेलको लक्ष्य छ । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका छन् ।   तस्बिर सौजन्य:प्रेम थापा/इभेन्ट पोखरा