म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।    घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मन...

तस्बिर:  गिता रानामगर              

पोखरा:  पोखरामा सोमबार साँझ परेका वर्षाले जलमग्न भएको छ ।    सोमबार साँझ परेको वर्षाले पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका बजारका सडक जलमग्न भएको छ ।    सडक जलमग्न हुँदा पैदल यात्रुहरु एक अर्काको सहयोगमा सडक पार गरेका छन् ।    हेरौं तस्वीर: ​        

मुस्ताङ:  अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।    अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ।    नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ ।      तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।   पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।     मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।   हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ।    तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज ​                              

पोखरा:  संगम मरासिनीले पोखराको हङकङ बजारमा व्यवसाय सुरु गरेको एक दशक पुग्यो । संगमसँगै हङकङ बजारमा ४ सय बढी व्यवसायीले सयुक्त रुपमा विभिन्न व्यवसायमार्फत जिविकोपार्जन गर्दै आएका छन् ।  २०५२ सालदेखि नै पोखराको विभिन्न सडकमा फुटपाथ व्यवसाय गर्दै आएका संगमसहित अन्य फुटपाट व्यवसायीहरुलाई पोखराको विभिन्न राजनीतिक दल, व्यवसायी, प्रशासनको सहयोगमा पोखराको सडकलाई फुटपाथरहित बनाउने उद्धेश्यले पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको जग्गा, पोखरा नगर विकास समतिको पोखराको जग्गामा व्यवस्थापन ग¥यो ।  महानगरपालिकाले तत्कालिन समयमा २०६९\११\१० र १५ गते पोखराका फुटपाथ व्यवसायीहरुलाई पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएको थियो ।  संगम मरासिनी हङकङ बजारमा व्यवसाय गर्दै आएका प्रतिनिधि मात्र हुन् मरासिनीसँगै सयौं व्यवसायीहरुलाई २०६९ सालमा नै पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडाा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । आन्दोलित भएका ति व्यवसायीहरुले पोखरा महानगर घेर्न नै पुगे ।     महानगर घेर्न पुगेका व्यवसायीहरुले चर्काे नाराबाजी गर्दै आफुहरुको माग सम्बोधन गर्नुपर्ने बताए । धर्नाको क्रममा व्यवसायहीहरुले ‘४ सय प्रतिशत भाडादर वृद्धि फिर्ता गर, हाम्रो माग पूरा गर, ठेकेदारहरु होसियार, उचित भाडादर कायम गर, साना व्यवसायीलाई विस्थापित गर्न पाइदैन’ लगायतका नाराबाजी गरेका थिए । ‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो, व्यवसायी मरासिनीले भने, ‘तर अहिले बोलपत्र  आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’ हङकङ बजारको विवाद के हो ? कृषि साम्रगी कम्पनी लिमिटेडको स्वामित्वमा रहेको करिब ७ रोपनी जग्गा नन्द प्रसादक तिवारीले फुटपाथ व्यवसायीहरु स्थातान्तरण नहुँदै भाडामा लिएका थिए । उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको करिव ३ रोपनी जग्गामा सयुक्त रुपमा करिव ४ सय बढी फुटपाथ व्यवसायीहरुले तिवारीलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु गरे ।  उक्त निर्णय २०७० वैशाख १ गतेदेखि लागू भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमारी गुरुङले बताईन् ।  ‘फुटपाथ व्यवसायीहरुलाई कृषि साम्रगी कम्पनीको र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको खाली जग्गामा व्यवस्थापन गर्ने महानगरको निर्णय थियो, अध्यक्ष गुरुङले भनिन्, ‘कृषि साम्रगीको जग्गा नन्द प्रसाद तिवारीले भाडामा लिएका रहेछन् उनैलाई मासिक रुपमा (६\९ फिटको सटरको ९ सय र ९\९ फिटको सटरको १ हजार २ सय मासिक भाडा दिने सर्तमा व्यवसाय सुरु ग¥यौं ।’ उनका अनुसार नन्द प्रसाद तिवारीले कम्पनीसँग सम्झौता गरेको म्याद ०७८ माघ २९ गते नै सकिएपछि झण्डै एक वर्षपछि कम्पनीले मासिक ७ रोपनी जग्गाको १२ लाख १५ हजार मा सिलबन्दी बोलपत्र आह्वान गरेपछि आन्दोलनमा उत्रेको बताइन् ।   ‘सरकारी जग्गामा बसेका छौं हामीले सरकारलाई कर तिदैनौं भनेको होइनौं बजारमा टेण्डरमा जान हुँदैन भन्ने हो, उनले भनिन्, ‘टेण्डरमार्फत आउँदा भाडा महङ्गो हुन्छ, महङ्गो सटरमा व्यवसाय गर्ने लगानी छैन्, लगानी गर्न नसकेपछि सडकमा आउनु बाहेक अरु विकल्प छैन ।’ हङकङ बजार व्यवस्थापन समितिका अनुसार कृषि साम्रगी कम्पनीले नन्द प्रसाद तिवारीको छोरा मिलन प्रसाद तिावरीलाई वार्षिक २० प्रतिशत भाडा वृद्धि गर्दै आइरहेपनि व्यवसायीहरुले ८.३३ प्रतिशत वद्धि गर्दै आएको हाल सम्मको मासिक भाडा तिवारीले कम्पनीलाई मासिक २ लाख ४४ हजार ५ सय १०  बुझाउँदै आएपनि ०७८ माघ २९ देखि करा अवधि समाप्त भएको हो ।  यसैबीच कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको दावी छ ।  के भन्छ पोखरा महानगर ? हङकङ बजारमा व्यवसायी गर्दै आएका व्यवसायीहरुले कृषि साम्रगी कम्पनी लिमिटेडको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि ठेक्कामा लैजान नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।  हङकङ बजार व्यवस्थापन समितिले संघीय सरकारका गृहमन्त्रालय, अर्थमन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा वडा नम्बर ९, उद्योग वाणिज्य संघ लगायत विभिन्न राजनीतिक दलहरुलाई ठेक्का कार्यान्वयन गर्न दवाव दिन ज्ञापनपत्र समेत बुझाएका छन् ।  बिहीबार पोखरा महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिदैं पोखरा महानगरका कार्यवाहक मेयर मोति तिम्सिनासँग भएको छलफलमा बोलपत्र आह्वानको मिति वैशाख  २० सम्म भएकाले कृषि साम्रगी कम्पनी लिमिटेडसँग छलफल गरेर जाने निर्णय भएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले बताईन् ।  व्यवसायीको ३ बुँदै माग हङकङ बजार व्यवस्थापन समितिले अस्भाविक भाडा वृछि गरि आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कयाम गरि सिधै कृषि साम्रगी लिमिटेडले बजार व्यवस्थापन समितिसँग बुझ्ने व्यवस्था गर्न माग गरेको हो । समितिले अहिले तिरिरहेको सामान्य भाडादर भन्दा अस्वभाविक रुपमा भाडा वृद्धि गरि आह्वान गरिएको टेण्डरमा प्रक्रियामा कसैलाई पनि सहभागि नहुन समते अनुरोध गर्दै, सहभागि भएर बजारमा भाडा उठाउन आए व्यसायीहरुले भाडाा बुझाउन नसक्ने भन्दै त्यस स्थितिमा आइपर्ने समस्याहरुमा व्यवसायीहरु जिम्मेवार नहुने उल्लेख गरेका छन् ।  टेण्डर प्रक्रियामा सहभागि हुनुभन्दा पहिलो बजार व्यवस्थापन समितिसँग सरसल्लाह र छलफल गर्न दुवै पक्षलाई अनुरोध समेत गरेको छ । माग सहिजिकरण गर्न समिितले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रहरी प्रशासन र सम्बन्धित कार्यालयमा अपिल समेत गरेको छ ।  व्यवसायीहरुले ३ बुँदे मागलाई सम्बोधनलाई नगरी न्यूनगत भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुनः फुटपाथमै व्यवसाय गर्ने चेतावनी समेत दिएका छन् ।  समितिले आज वैशाख १४ गते बिहान १० देखि १२ बजेसम्म पोखरा महानगरपालिकाको कार्यालयमा धर्नासमेत दिएको छ । भोलि १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने बताएको छ ।     तस्वीरमा हेरौं:                      

पोखराः   पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित पर्व ट्होटें पर्व मनाएका छन् ।    तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज पोखरामा वृहत र्यालीसहित मनाएका हुन् ।   विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपमा  पोखरामा ट्होटें मनाएको अधिवक्ता तथा तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले बताईन् ।    उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो,  गुरुङले भनिन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’   हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।    उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत  २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।     ट्होटें पर्व किन मनाइन्छ ? परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।   तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।     ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा रंगशालाबाट ट्होटें ¥यालीसहित लखनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।    सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।    थप तस्बिरहरु:–                                      

पोखरा:  कास्कीका केही पदमार्गहरु यतिबेला ट्रेण्डिङमा छन् ।   पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि पदमार्गहरु औलामा गन्न सकिने छन् । घोरेपानी, पुनहिल, खुमैडाँडा, मर्दी, कोरी तथा अन्नपूर्ण आधार शिविर कास्कीका मुख्य पदमार्गहरु हुन् ।   अहिले सामाजिक सञ्जालमा देखिएको लोकप्रियताका आधारमा खुमैडाँडा –कोर्चाङ पदमार्ग (ट्रेक) सबैभन्दा अघि देखिएको छ । यससँगै मर्दी पदमार्ग र मादी गाउँपालिकाको कोरी पदमार्गमा कैद गरिएका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक देखिएका छन् । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्खलालाई नजिकैबाट मन अघाउन्जेल नियाल्न सकिन्छ ।   कुनैबेला मर्दीपदमार्ग लोकप्रिय थियो, यो वर्ष खुमैडाँडाले उछिनेको छ । यिनीहरुको लोकप्रियतालाई कोरी ट्रेकले पछ्याइरहेको छ । कोरीको प्रवद्र्धनका लागि सरकारी नियायको खासै भूमिका छैन । स्थानीय पर्यटन व्यवसायीको पहलकदमीले कोरी पदमार्गले केही स्थान पाएको छ ।   यद्यपी अन्य पदमार्गहरुको तुलनामा कोरी पदमार्ग होटलहरुको व्यवस्था कम छ ।    समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ ।    कसरी जाने कोरी ?   कोरी जान पोखरादेखि सिक्लेससम्म सवारी साधनमा जान सकिन्छ । बिहान ६ बजेनै पोखराबाट सवारी साधनमा हिडेपनि दिउँसो सिक्लेस पुगिन्छ ।   त्यसपछि खाना खाएपछि पैदल यात्रा सुरु हुन्छ । त्यो रात हुँगुमा बिताइन्छ । जहाँ ३ वटा होटल छन् ।   अर्काे दिन बिहानै उठेर कपुचे डेढ घण्टाको यात्रामा कपुचे ताल पुगिन्छ । त्यपछि फेरि हुँगुमै फिर्ता हुनुपर्छ । यदि कपुचे ताल जान चाहेको खण्डमा । त्यसपछि कोरीतर्फ अघि बढिन्छ । त्यो रात न्होटामा बिताइन्छ । र बिहान त्यहाँबाट उकालो लागेपछि कोरी पुगिन्छ । जहाँ ३ वटा होटल छन् ।   कोरीको त्यो बसाइपछि अर्काे पदमार्ग हुदै सिधै सिक्लेस फिर्ता हुन सकिन्छ ।    कति लाग्छ खर्च ?   स्थानीय पर्यटन व्यवासायी तथा नमस्ते गेष्ट हाउसका सञ्चालक धन बहादुर गुरुङ (माइला) का अनुसार कोरी जान ४ दिन समय लाग्छ ।   त्यसका पदमार्गीको समुहका आधारमा खर्च लाग्ने उनले बताए । ‘गेष्टको गु्रप हेरेर कति खर्च लाग्छ भन्ने हुन्छ, पर्यटन व्यवसायी गुरुङले भने, ‘सामान्य खर्च गर्ने हो भने ७/८ हजारले कोरी जान सकिन्छ ।’   उनले कोरी जानका लागि ट्रेकिङ गाइडको अपरिहार्यता रहने बताए ।  ‘कोरी जानका लागि गाइड लानैपर्छ । किनभने अन्य ट्रेकिङ लाइनमा जस्तै सबैको व्यवस्था छैन’ गुरुङले भने  ।   तस्बिरहरू:-                   तस्बिर: माइला दाई (नमस्ते गेष्ट हाउस सिक्लेस)

पोखरा:   पोखरा महानगर स्वास्थ्य महाशाखा अन्तरगत रहेको पोखरा महानगरपालिका –८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले कोरोनाकालमा प्रयोग गरिएका सिरिञ्जहरु जथाभावी फालेको पाइएको छ ।    महानरको महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड–१९ विरुद्ध लगाइएका सयौं सुई (सिरिञ्ज) तथा पिसिआर परिक्षण गरिएका किटहरु जथाभावी रुपमा डंगुर बनाएर राखेको पाइएको हो ।       कोरोना भाइरसको महामारीको समयमा पोखरा महानगरपालिकाले आफ्नो महाशाखा अन्तरगत विभिन्न वडाका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भ्याक्सिन (सुई) लगाउने प्रबन्ध मिलाएको थियो ।    सोही समयमा प्रयोग गरिएका सिरिञ्जहरु लगाइएकै स्थानमा डंगुर बनाएर राखिएको एक स्थानीयले सुनगाभा न्यूजसँग बताए । ‘त्यही ठाउँ हो कोरोनाकालमा भ्याक्सिन लगाएको, अहिलेसम्म पनि सुइको डंगुर देखिएको छ, उनले महानगरको स्वास्थ्य महाशाखालाई प्रश्न गरे, ‘यस्तो गम्भीर लापरवाही गर्न हुन्छ, स्वास्थ्य जस्तो संवेदनशील कुरामा ?’   पोखरा महानगरपालिका ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकै परिसरमा रहेको ट्रष्टभित्र नगण्य मात्रामा सिरिञ्जहरुको डंगुर मात्रै छैन यत्रतत्र छरिएका पनि छन् । यसले सो कार्यालयमा पुग्ने सेवाग्राहीलाईसमेत त्रसित बनाएको छ । सो केन्द्रको मुख्य गेट रहेपनि पछाडीपट्टी खुला रहेकाले लागुऔषधको प्रयोगकर्ताहरुको अखडा हुनेगरेको स्थानीहरुको गुनासो छ ।     कोरोनाकालको सिरिञ्जको डंगुर भएकौ ट्रसको भित्तमा लेखिएको छ, ‘गाँजा खाने ठाउँ’ । सोही स्थानमा बेलुकीपख लागुऔषध प्रयोगकर्ताहरुको अखडाकै कारण स्थानीयमा त्रास पैदा भएको बताउदै भने ‘दुईवर्ष भइसक्यो अहिलेसम्म पनि फालेको छैन । जहाँको त्यही छ, यसले त वातावरणीय प्रभाव पर्ने भो, स्वास्थ्यमा असर गर्ने देखियो । यस्तको कुरामा पनि किन लापरवाही गरेको होला ।’    सो डंगुरको विषयमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सुचना अधिकारी फुलदेव तिम्सिनासँग बुझ्दा अझैपनि कोरोनाकालको सिरिञ्जको डंगुर रहेको स्वीकार गरे  । उनले विभिन्न कारणले गर्दा सिरिन्जको व्यवस्थापन गर्न नसकेको जवाफिए । ‘यो स्वास्थ्य कार्यालयको जिम्मामा परेको हो, मेडिकलजन्य फोहोरहरुलाई व्यवस्थापन गर्न भनेको छु, तिम्सिनाले भने, ‘मेडिकल वेस्टले केही दिनमा व्यवस्थापन गर्नेछ ।’   उनले सम्बन्धि कार्यालयलाई व्यवस्थापनका लागि खबर गरिसकेको बताए । ‘मैले उहाँहरुलाई खबर गरिसकेको छ । त्यसको छिटै उचित व्यवस्थापन हुन्छ, तिम्सिनाले भने ।’   हेरौं थप तस्बिरहरु​:–                                  

पोखरा:   प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् ।   सो समारोहमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट आएका थिए । नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा निर्मित फोरडी मोडलको एयरपोर्ट चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो ।   उक्त विमानस्थलको लागत करिब २२ अर्ब रहेको छ । पोखरेलीबासीको वृहत सहभागितामा उद्घाटन गरिएपनि  अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेको बताइएको छ ।    आन्तरिक उडान भएपनि अन्तरराष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।     अन्य तस्बिरहरु:-                              

पोखराः   तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कला संस्कृति झल्काउदै र्यालीसहित ल्होसार मनाएका हुन् ।  ल्होसारलाई गुरुङ समुदायको महान् पर्वको रुपमा लिइन्छ । हरेक वर्षको पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । ल्हो भनेको वर्ग र सार भनेको नयाँ भन्ने अर्थ लाग्छ ।  सोही अनुरुप पुष १५ लाई नयाँ वर्षको स्वागतमा देश तथा विदेशमा ल्होसार मनाउने प्रचलन रहदै आएको छ । साँस्कृतिक महत्वले पुष १५ मा गुम्बा तथा क्वोइबो धि मा पुजा गरेर मनाउने चलन रहेपनि सामाजिक रुपले एकताको सन्देश दिने उद्देश्यले पोखरामा संयुक्त रुपमा आज ल्होसार मनाएको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए ।     गण्डकी प्रदेश प्रकृति र सँस्कृतिमा धनि प्रदेश हो । तमु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा तमु जातिको संस्कार तथा संस्कृति अझै जिवितै छ । तमु समुदायले बोन र बौद्ध धर्ममा आस्था राख्ने गरेको पाइन्छ । धार्मिक रुपमा दुई प्रकारका धर्म अवलम्बन गरेको पाइएपनि भाषा, कला र सँस्कृतिमा भने फरकपन छैन  । त्यसैले सामुहिक रुपमा मनाइको ल्होसारले एकताको सन्देश दिएको कलाकार बालकाशी गुरुङको बताउछिन् । कला, सँस्कृति सिमित समुदायकोमा मात्र नभइर सिंगो देशकै सम्पत्ती हो । तमु समुदायको महान्  पर्व ल्होसार लगायतका पर्वहरुको संरक्षण गर्न सम्बन्धित समुदायको पहलकदमी मात्र यथेष्ट हुदैन । त्यसैले सरकारी पक्षबाट पनि सहयोग हुन आवश्यक देखिन्छ ।  तस्वीरहरुः