ल्होसार: तस्वीरमा 'गुरुङ एकताको सन्देश'

पाेखरा | पुस १६, २०७९

ल्होसार: तस्वीरमा 'गुरुङ एकताको सन्देश'

पोखराः   तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कला संस्कृति झल्काउदै र्यालीसहित ल्होसार मनाएका हुन् । 


ल्होसारलाई गुरुङ समुदायको महान् पर्वको रुपमा लिइन्छ । हरेक वर्षको पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । ल्हो भनेको वर्ग र सार भनेको नयाँ भन्ने अर्थ लाग्छ । 


सोही अनुरुप पुष १५ लाई नयाँ वर्षको स्वागतमा देश तथा विदेशमा ल्होसार मनाउने प्रचलन रहदै आएको छ । साँस्कृतिक महत्वले पुष १५ मा गुम्बा तथा क्वोइबो धि मा पुजा गरेर मनाउने चलन रहेपनि सामाजिक रुपले एकताको सन्देश दिने उद्देश्यले पोखरामा संयुक्त रुपमा आज ल्होसार मनाएको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए ।

 

 
गण्डकी प्रदेश प्रकृति र सँस्कृतिमा धनि प्रदेश हो । तमु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा तमु जातिको संस्कार तथा संस्कृति अझै जिवितै छ । तमु समुदायले बोन र बौद्ध धर्ममा आस्था राख्ने गरेको पाइन्छ । धार्मिक रुपमा दुई प्रकारका धर्म अवलम्बन गरेको पाइएपनि भाषा, कला र सँस्कृतिमा भने फरकपन छैन  । त्यसैले सामुहिक रुपमा मनाइको ल्होसारले एकताको सन्देश दिएको कलाकार बालकाशी गुरुङको बताउछिन् ।


कला, सँस्कृति सिमित समुदायकोमा मात्र नभइर सिंगो देशकै सम्पत्ती हो । तमु समुदायको महान्  पर्व ल्होसार लगायतका पर्वहरुको संरक्षण गर्न सम्बन्धित समुदायको पहलकदमी मात्र यथेष्ट हुदैन । त्यसैले सरकारी पक्षबाट पनि सहयोग हुन आवश्यक देखिन्छ । 


तस्वीरहरुः 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्