म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।    घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मन...

पोखरा:   ३०२ औँ पृथ्वी जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई विभिन्न कार्यक्रम गरी राप्रपाले सम्झिएको छ ।   राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले पोखरा १८ स्थित शहीद पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्झिए ।   यस्तै पोखराको लखनचोक (पृथ्वीचोक)  मा शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ ।    राप्रपा कास्कीको आयोजनामा भएको कार्यक्रममा ब्राह्मण समाज, क्षेत्री समाज, ठकुरी समाज लगायतको सहभागिता रहेको थियो ।   सभा अघि अमरसिंह लगायत विभिन्न चोकबाट ¥याली निकालिएको थियो ।     तस्वीरहरु:                    

पोखरा:  बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ ।   शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना,  पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए ।    १७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो ।     त्यसपछि एकाएक युवा पुस्तामाझ  लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए ।    सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।   उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो ।     सबै तस्बिर: नविन श्रेष्ठ                      

पोखरा:    पोखराका गुरुङ (तमु) समुदायले पुरानो वर्षलाई बिदाई गर्दैै नयाँ वर्षलाई स्वागत गर्दैै ल्होसार पर्व मनाएका छन् ।   गुरुङ (तमु) समुदायहरुले पुस १५ लाई तमु ल्होसारको रुपमा मनाउँदै आएका छन् ।    आजबाट विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । ल्होसार पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।      गुरुङहरुको कुल १२ ‘ल्हो’ वर्गहरुमध्ये गिद्ध (मुप्रिल्हो), सर्प (सप्रिल्हो),घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा(च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो),मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो), बिरालो (ह्यूल्हो) वर्ग छन् । गुरुङ (तमु) क्यालेन्डर अनुसार प्रत्येक वर्षको पुस १५ मा वर्ग परिवर्तन हुन्छ ।    आजदेखि बिरालो वर्गको विदाई भयो भने,, गिद्ध वर्गको सुरुवात भएको छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।   तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले एकताको सन्देश दिने गरी ल्होसार पर्व मनाउन लागेको बताए ।    ‘हामीले पुस १५ लाई ल्होसार पर्वको रुपमा भब्यताका साथ मनाउँदै आएका छौं, यसवर्ष पनि ल्होसार पर्व मनाउँदै छौ’, अध्यक्ष गुरुङले भने, ‘मानव सभ्यताको विकाससँगै तमुहरुको सांस्कृतिक विकाससँगै ल्होसार पर्व मनाउँदै आएका हौ ।’   उनले ल्होसार पर्वको अवसरमा रानीपौवाबाट झाँकी ¥यालीसहित तमु धिं नेपालको प्राङ्गणमा गएर औपचारिक कार्यक्रमसँगै परम्परागत खेलकुद लगायतका कार्यक्रममा जोडिने बताए ।    सुरेन्द्र गुरुङले सम्पूर्ण गुरुङ जातिहरुलाई एकतामा बाध्न ल्होसार पर्व मनाउन थालेको बताए ।  उनले ल्होसार/ल्होछार जे भनेपनि एकाताको सन्देशसहित नयाँ वर्षको सुरुवात भएको उल्लेख गरे ।    तस्बिरहरु:                  

पोखरा:   नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि संकल्प यात्राको टोली आज कास्कीबाट लमजुङ प्रस्थान गर्दै छ । कास्कीमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई जिल्ला कमिटी कास्कीले स्वागत गरेको छ ।    मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली नवौं दिनमा कास्कीबाट दिउँसो लमजुङ पुग्ने छ ।   हेर्नुहोस् थप तस्बिर:-                          

पोखरा:   होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।   दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो ।    संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए ।    उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।     भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए  ।   उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए ।    पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए ।    हेर्नुहोस् तस्बिर:                

पोखरा:  बडा दशैंपछि तिहारलाई विशेष प्राथमिकताका साथ मान्ने गरिन्छ । विशेषगरि दशैंमा गाउँघरमा चहलपहल हुन्छ भने तिहारमा शहरमा ।    दिदिबहिनीको हातबाट दाजुभाइहरुले टिका ग्रहण गरेर भाइटिका मनाइने प्रचलन रहेको छ ।    तिहारमा विभिन्न रङका बत्तिहरुले घरलाई सजाइने हुदाँ बत्तिको पर्व पनि भन्ने गरिन्छ । तिहारको समयमा पोखरामा देखिएको झिलिमिलीलाई सुनगाभा न्यूजले तस्बिरमा कैद गरेको छ ।   सुनगाभा न्यूजको लेन्सबाट हेरौं, झिलिमिली पोखरा:                                

पोखरा:  पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक रात बिताउन सुखद् गन्तव्य मध्ये अष्ट्रेलियन क्याम्प (ठूलाखर्क) पनि पर्छ ।   कास्कीको काँडेबाट करिब साढे १ घण्टामा पैदल पुग्न सकिन्छ । क्याम्प जान अर्काे रुट पनि छ ।   जुन घट्टेखोलाबाट धम्पुस हुदैं माथि उक्लिनु पर्छ । यो रुट तुलनात्मक रुपमा उकालो र बढी समय लाग्छ । त्यसैले प्राय पर्यटक काँडे हुँदै जान्छन् र फर्कदा पोथाना धम्पुसको बाटो रोज्छन्  ।   कास्कीको अन्नपूर्ण गाउँपालिकामा अष्ट्रेलियन क्याम्पमा अहिले आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।    होटल व्यवस्थापन समितिले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ र बाह्य पर्यटकका लागि २ हजार २ सय रुपैयाँमा (खान र बस्न) प्याकेज निर्धारण गरेको छ ।    तस्बिरहरु:                        

पोखरा:  बडा दशैं सकियो । अब तिहारको रमझम आउँदै छ । प्राय शैक्षिक संस्थाहरु अहिले बन्द नै छन् ।   एक महिनाको बिदामा कलेज पढ्ने विद्यार्थीहरु नयाँ नयाँ गन्तव्यको स्वाद फेर्न निस्किरहेका छन् ।   खासगरी पछिल्लो समय शाहसिक पदयात्रामा रम्ने संस्कार बढेको छ । बाह्य पर्यटकको तुलनामा अहिले आन्तरिक पर्यटकलाई ट्रेकिङमा देख्न पाइन्छ ।   पोखरा घुम्न आउनेहरु अचेल एक रात बिताउन घान्दु्रक, सिक्लेस, ल्वाङघलेल जस्ता पर्यटकीय गाउँमा उक्लिन्छन् । तर साँच्चिकै पदयात्रामा रम्ने हो भने उनीहरु उल्लेखित गाउँबाट केही माथि ठडिनु पर्छ ।      त्यसका लागि सिकलेसबाट कपुचे, ल्वाङघलेलबाट मर्दी र घान्दु्रकबाट टाडापानी–इसरू हुँदै  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा मुल्डे पुग्न सकिन्छ । जहाँ ३ वटा हाेटलकाे व्यवस्था छ । साे ठाउँ समुन्द्र सतहबाट ३ हजार ६ सय ३७ मिटरमा रहेको छ ।    घान्द्रुकहुँदै पुनहिल–घोरेपानी जोड्ने रुटमा पर्ने मुल्डे दोबाटोबाट २० मिनेटमा पुग्न सकिन्छ । पयटकीय स्थल मुल्डेमा भ्यू पार्कसँगै चौरी गोठहरु रहेका छन् । मौसम अनुसार त्यहाँ चौरी, बनैभरी लालाीगुँरासहरू पनि देख्न सकिन्छ ।    घान्द्रुकबाट एकै दिनमा पुग्न सकिने भएपनि एक रात टाडापानीमा बस्न उचित मानिन्छ । अर्काे दिन इसरु हुँदै दोबाटो पुगिन्छ ।   जहाँबाट २० मिनेटको दुरीमा रहेको मुल्डे भ्यू पार्कबाट अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मर्दी हिमाल, बौद्ध हिमाल, गणेश हिमाल, गन्दर्भचुली, मुस्ताङको निलगिरी, टुकुचे पिक, धवलागिरी, म्याग्दीको गुर्जा हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ  ।    मुल्डे भ्यूपार्कका संयोजक तथा होटल व्यवसायी राजमानगुरुङका अनुसार मुल्डेबाट रुकुम रोल्पा, बागलुङ, मुस्ताङ, लमजुङ, बुटवल,स्याङ्जा, नवलपुर,चितवन, काठमाडौं लगायतको भू–भाग देख्न सकिन्छ भने कास्कीको विभिन्न पर्यटकीय स्थल फेवाताल, धम्पुस लगायतका स्थानपनि मुल्डेबाट अवलोकन गर्न सकिन्छ ।   सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्, मनमोहक मुल्डे:- तस्बिर: अमृत लामा गुरुङ                      

कास्की:   ट्रेक गर्न मन पराउने विरलै व्यक्तिहरु अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेको हुनुपर्छ । किनभने यो विश्वकै लोकप्रिय पदमार्ग अन्तरगत पर्छ ।    त्यसैले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि नेपाल भ्रमणको क्रममा एबिसी पुगे ।   उनले उक्त स्थानको अवलोकनपछि प्रकृतिविरुद्वको लडाई रोक्न विश्वलाई सन्देश दिने बताएका थिए । पछिल्लो समय जलवायु परिवर्तनकै कारण एबिसीको बस्ती उच्च जोखिममा रहेको छ । त्यसैले यस्तो हिश्रृङ्खला तथा हिमालयहरुको संरक्षणमा गुटेरेसले चाँसो देखाएका थिए ।   कास्कीमा करिब आधा दर्जन नाम चलेका पदमार्गहरु छन् । मर्दी पदमार्ग, कोरी पदमार्ग, खुमै पदमार्ग, तथा हिडनलेक पदमार्ग पनि गण्डकीको राजधानी कास्की मै पर्छ ।    एबिसी पदमार्गको दुरी लामो भएकाले अन्य पदमार्गको तुलनमा बढी खर्चिलो मानिन्छ ।   पैदलयात्रीका लागि कम्तिमा ५ देखि ७ दिनसम्म (एक हप्ता) समय लाग्छ ।    पोखरादेखि विरेठाटी हुदैँ झिनुसम्म सवारी साधनमा पुग्न सकिन्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पहिलो दिनको बसाई छोम्रोङमा हुन्छ । जहाँ १८ वटा होटलको व्यवस्था छ ।    यस्तै सिनुहामा १०, व्याम्बुमा ६, दोभानमा ४, हिमालयमा ३, देउरालीमा ५, एमबीसीमा ६ र एबिसीमा ६ वटा होटलहरु रहेका छन् ।    तस्बिर: पुकार पुर्जा