फोटो कथामा तमु समुदायको ट्होटें पर्व
किन मनाइन्छ ट्होटें पर्व ?
पाेखरा | चैत २८, २०७९
पोखराः पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित पर्व ट्होटें पर्व मनाएका छन् ।
तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज पोखरामा वृहत र्यालीसहित मनाएका हुन् ।

विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपमा पोखरामा ट्होटें मनाएको अधिवक्ता तथा तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले बताईन् ।
उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो, गुरुङले भनिन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’

हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।
उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।

ट्होटें पर्व किन मनाइन्छ ?
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा रंगशालाबाट ट्होटें ¥यालीसहित लखनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।
सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।
थप तस्बिरहरु:–



















कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

