अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्छौँ-प्रधानमन्त्री दाहाल

काठमाडाैं | चैत २८, २०७९

अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्छौँ-प्रधानमन्त्री दाहाल

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्ने बताएका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

 

दोस्रो पटक प्रधानमन्त्री हुँदा राजनीतिक चुनौती रहेकोले राष्ट्रिय एकता कायम गर्नुपर्ने उनले बताए। 

 

त्यतिबेला, आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म भए पनि अहिले धेरै चुनौती रहेको उल्लेख गरे।  

 

'अहिले परिस्थिति जटिल छ, भूकम्प, कोभिड, रुस–युक्रेन युद्धको कारण अर्थतन्त्र निकै समस्यामा छ' उनले भने 'यो चुनौतीको सामान गर्ने बेला हो।' 

 

निजी क्षेत्रको साथ बिना यो चुनौती सामाना गर्न सकिँदैन भन्ने लागेर त्यही अनुसार काम भएको उनको भनाइ छ।

 

प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंक बीच अर्थतन्त्रलाई गति दिने गरी निजी क्षेत्रका समस्या समधान गर्न समन्वयन भएको  प्रधानमन्त्रीले धारणा राखे।

 

'तीन खम्बे अर्थतन्त्र कार्यान्वयनमा चुनौती देखिएको छ' उनले भने 'व्यवसाय सञ्चालनमा आउने वाधा व्यवधानमा सरकारले सहजीकरण गर्नेछ।' 

 

कृषि क्षेत्रलाई प्रोत्साहन गर्दा अहिले देखिएको समस्या समधान हुने समेत उनले तर्क गरे।

 

यो वर्षको नीति तथा कार्यक्रममा केही ठूला र गुणात्मक परिवर्तन दिने कार्यक्रम ल्याउने उनले बताए।

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्