अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्छौँ-प्रधानमन्त्री दाहाल
काठमाडाैं | चैत २८, २०७९
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको चुनौतीलाई अवसरमा बदल्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधरण सभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
दोस्रो पटक प्रधानमन्त्री हुँदा राजनीतिक चुनौती रहेकोले राष्ट्रिय एकता कायम गर्नुपर्ने उनले बताए।
त्यतिबेला, आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म भए पनि अहिले धेरै चुनौती रहेको उल्लेख गरे।
'अहिले परिस्थिति जटिल छ, भूकम्प, कोभिड, रुस–युक्रेन युद्धको कारण अर्थतन्त्र निकै समस्यामा छ' उनले भने 'यो चुनौतीको सामान गर्ने बेला हो।'
निजी क्षेत्रको साथ बिना यो चुनौती सामाना गर्न सकिँदैन भन्ने लागेर त्यही अनुसार काम भएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र राष्ट्र बैंक बीच अर्थतन्त्रलाई गति दिने गरी निजी क्षेत्रका समस्या समधान गर्न समन्वयन भएको प्रधानमन्त्रीले धारणा राखे।
'तीन खम्बे अर्थतन्त्र कार्यान्वयनमा चुनौती देखिएको छ' उनले भने 'व्यवसाय सञ्चालनमा आउने वाधा व्यवधानमा सरकारले सहजीकरण गर्नेछ।'
कृषि क्षेत्रलाई प्रोत्साहन गर्दा अहिले देखिएको समस्या समधान हुने समेत उनले तर्क गरे।
यो वर्षको नीति तथा कार्यक्रममा केही ठूला र गुणात्मक परिवर्तन दिने कार्यक्रम ल्याउने उनले बताए।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

