सकियाे श्रमाधान रोजगार मेला (तस्बिरहरु)
पाेखरा | जेठ २२, २०८१
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा जारी श्रमाधान रोजगार मेला सकिएकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहआयोजनामा पोखरा इभेन्ट सेन्टरमा चलेकाे थियाे ।
सो मेलामा विभिन्न प्रकारका शेशनहरु चल्दैछन् । दोस्रो दिन ‘शिक्षा र रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई’, ‘पर्यटनले कोर्नुपर्ने अबको बाटो’ श्रम कानूनका अप्ठेराहरु र फुकाउनुपर्ने गाँठोहरु’ बारे चर्चा गरिएको थियो ।

रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेस निर्माणमा मेलाको लक्ष्य छ ।
मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका थिए । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका थिए ।
सबै तस्बिर: अर्जुन गाहा (सुशान्त) मगर:-










चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

