विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना

प्रशासनको भीड व्यवस्थापन गर्न टोकन

कास्की | जेठ २२, २०८१

विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना

पोखरा:     जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुखमा सरुवा भएर आएका भरतमणी पाण्डेले मनसुन भित्रिन लागेकाले विपद् व्यवस्थापन गर्ने योजना रहेको बताएका छन् ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुखमा सरुवा भएर आएका पाण्डेले आज पत्रकारहरुसमक्ष अभिव्यक्ति दिदैं आफ्नो योजना सुनाएका हुन् ।

 

उनले सेवाग्राहीलाई दैनिक सेवा प्रवाहसँगै मुनसुन भित्रिने क्रममा रहेकाले विपद व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेको बताए ।

 

‘कार्यालयबाट नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य नै हो । नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाहलाई ध्यान दिन्छु । अहिले राष्ट्रिय परिचयपत्रको लागि भीडभाड देखें, सिडियो पाण्डेले भने, ‘भीड व्यवस्थापन गर्ने र नागरिकको सेवालाई सहज तरिकाले उपलबध गर्ने हाम्रो आधारभूत कर्तव्य हो । यो गरिहाल्छौं र योसँगै मनसुन सुरु हुन लागेकाले विपद व्यवस्थापनालाई प्राथमिकतामा राखेको छु ।’

 

उनले राष्ट्रिय परिचय पत्रका लागि प्रशासन कार्यालयमा भीड बढेकाले टोकन प्रदान गरेर व्यवस्थापन गर्ने सुनाए । 

 

‘अहिले राष्ट्रिय परिचय पत्रको लागि भनेरै बृद्धाहरु यहाँ आएको देखे । तत्कालै कार्ड नै चाहिदैंन । परिचय पत्रको नम्बर मात्रै भएपनि हुन्छ, उनले भने, ‘यो भीड व्यवस्थापन गर्न हामीले टोकन सिस्टमलाई लागु गर्न लागेका छौं । अब छिटै व्यवस्थित हुन्छ ।’

 

उनले प्राकृतिक प्रकोपलाई रोक्न नसकेपनि विपदबाट कम क्षति हुन नदिन प्रशासनको योजना रहेको बताए । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्