पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरुको एन्टि डोपिङ गरिएको छ ।   राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् ।    उनले भने–“राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ ।”   विभिन्न खेलका ४० जना खेलाडीको नमूना लिइएको डा. शाहले बताए । “यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,” दक्षिण एसिया एन्टि डोपिङका सदस्यसमेत रहेका डा. शाहले भने– “हामीले गरेको नमुना संकलनहरु कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।”   “खेलाडीले पदक जित्न शक्तिबद्र्धक औषधी प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ”, डा. शाहले भने–“अब नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिबद्र्धक औषधीको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।” खेलाडीले जितेको पदक र खेललाईसमेत आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका हुने उनले बताए ।    पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टि डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटि बनाएको थियो ।  

धादिङ  :  डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् ।   डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ ।   धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ । सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन् ।   डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् ।   

पोखरा  :  पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।    सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ ।    तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई  जलकुम्भीले अवरोध  गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो ।  फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको  छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।    फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।    बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको  पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।    “फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भन्नुभयो, ” ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।

चितवन: दसैंमा मासु खानेक्रममा अड्किएर एक जनाको ज्यान गएको छ ।   कालिका नगरपालिका वडा नं ८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दसैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याइएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुर तर्फ लगिएको स्थानीयले जानकारी दिए ।   क्षेत्रीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।   प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिनुभयो ।   सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् ।   प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताउनुभयो । डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।   सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ । कर्णालीमा मुटुरोगी बढ्दै कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका चिकित्सकले बताएका छन् ।   चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ । विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ । तनाव कम गर्ने बहानामा मद्यपान, धुमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ ।   यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा केएन पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ”, उहाँले भन्नुभयो ।

पोखरा:  ‘एउटा भनाई विद्यमान छ मासु खाँदा–खाँदा मासिने भइयो’ यो भनाई छ्यासछ्यास्ती सुन्न सकिन्छ ।    दशैं भन्ने बित्तिकै मासुलाई पहिलो नम्बरमा राख्ने गरिन्छ । खसी र उच्च हिमाली भेगमा पाइने भेडा र च्याङ्ग्राको मासुलाई विशेष प्राथमिकता दिने भएकाले ताजा मासु ग्राहकहरुले कसरी चिन्न सक्छन् भन्ने जानकारी दिनु समाचारको उद्देश्य हो ।    ताजा, स्वच्छ मासु छुट्याउन नसक्दा केहीको भान्सा बिग्रन पनि सक्छ, त्यसैले ताजा मासु किनेर  भान्सालाई स्वादिष्ट बनाउने कि !   ताजा मासु कसरी छुट्याउने भन्ने विषयमा रिर्पाेटिङको क्रममा भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीका भेटेनरी निरीक्षक डा. अनन्त कोइरालाले ताजा मासुुलाई रंग र गन्धले छुट्याउन सकिने बताए ।  ‘कम मूल्यमा पाएको मासु स्वच्छ नहुन सक्छ’ केन्द्रका डा. कोइरालाले भने ‘ताजा मासु छुट्याउन ग्राहकले कलर र गन्धमा विशेष ध्यान पुर्‍याउन पर्छ ।’   दशैं नजिकिएसँगै खसी, बोका, कुखुरा र उच्च हिमाली भेगका भेडा, च्याङ्ग्रा पनि गाउँ, शहर भित्रिसकेका छन् ।    डा. कोइरालाका अनुसार ग्राहकहरुले सर्वप्रथम खसीको ताजा मासु छुट्याउन सर्वप्रथम मासुको रंग हेर्नु आवश्यक छ ।   ‘खसीको ताजा मासु छुट्याउन हामीले मासुको रंग रातो भए ताजा भन्न सक्छौ’ उनले भने ‘मासुको रंग रातो भएर मात्र हुदैन मासु पसल कस्तो छ, भण्डारण ठाउँ कस्तो छ  र कस्तो औजारले मासु काटिएको छ भनेर पनि विशेष ध्यान पुर्‍याउन सके ताजा मासु छुट्याउन सकिन्छ ।’   यही विधि नै जुनसुकै जनावर वा पंक्षीको मासु किन्नुपूर्व अपनाउनुपर्ने टिप्स रहेको कोइरालाको भनाई छ ।      दशैंका लागि ग्राहकहरुले मासु  किन्दा बधशाला कस्तो ठाउँमा छ, मासु काट्न प्रयोग गरिएको औजार, मासु भण्डारण गर्ने ठाउँहरु सफा छ कि छैन भनेर विशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्कीको सुझाव छ ।     

पोखरा  :   पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ ।    बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो ।    नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी,  फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ ।   नर्सिङ्ग होमले अब छिट्टै नै आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिनुभयो । “हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौ । न्युरोडमा संचालनमा रहदा भएका सबै सेवालाई यथाबत संचालन गरेर आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थपको तयारी गरेका छौ । केही काम बाँकी रहेकाले यी सेवाहरु सुरु भने भएका छैनन् अब छिट्टै यी सेवाहरु पनि सुरु हुने छन् ।“ उहाँका अनुसार कार्तिक वा मंसिर सम्म यी सेवाहरु सुचारू गर्ने तयारी रहेको छ ।    नदिपुरमा स्थानान्तरण भए संगै ५० बेड क्षमता बाट  १ सय बेड क्षमतामा स्तर उन्नतिको तयारी गरेको नर्सिङ्ग होमले भौतिक निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ । नर्सिङ्ग होम बाट थप अनुभवी र बरिस्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने गरेर तयारी थालिएको बताउदै प्रा.लि. का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिनुभयो ।   प्रा. लि. का संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ्ग होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने आफुहरुको उदेश्य रहेको बताउनुभयो ।झण्डै तीन दशक देखि पोखराको न्युरोडबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्सिङ होमले पोखरा– ३ नदिपुरबाट सेवा सुरु गर्दै बिगतमा सेवाग्राही बाट पाएको अपार माया र सद्भावका लागि आभार व्यक्त गरेको छ भने आगामी दिनमा पनि उस्तै माया र साथको अपेक्षा गरेको जनाएको छ ।  

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ ।    सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ७८ जना पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १४ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य छ । ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।    यस्तै होम आइसोलेसनमा एक हजार एक सय ३०, संस्थागत आइसोलेसनमा ४८, सघन उपचार कक्ष (आइसियु)मा १०  जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप कसैले पनि नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कास्की:  पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयले डेंगु  नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा १ को विभिन्न टोलमा र्‍याली आयोजना गर्दै शनिबार डेंगु रोगको नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरको हो ।   वडा कार्यालयबाट निकालिएको र्‍याली सिमपानी, हरिचोक, बागबजार, भिमकालीपाटन लगायतको टोलहरुमा परिक्रमा गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।   उनका अनुसार नागरिकलाई डेंगु रोगको बारेमा जानकारी दिदैं रोकथामका बारेमा नारा लगाइएको  थियो । साथै डेंगु रोगको रोकथाम गर्न अपनाउनुपर्ने विषयमा प्लेकार्ड बोकेर र्‍याली  निकालिएको थियो ।  ‘पछिल्लो तथ्याङ्क अनुसार कास्कीमा पनि डेंगु संक्रमण बढेको पाइएको छ, वडा सदस्य गुरुङले भनिन्, ‘त्यसैले हाम्रो वडाबासीलाई यसबारे जानकारी र सचेत हुन आग्रह गर्दै र्‍याली  आयोजना गरेका हौ ।’   उनले सो कार्यक्रमले नागरिकलाई सचेत बनाउन मद्दत पुगको विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत निरन्तरता दिइने जानकारी दिइन् । ‘हामीले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छौं । यसभन्दा पहिले लागुऔषधसम्बन्धि सचेता पनि गरिसेको छौं, उनले भनिन्, ‘अहिले डेंगु रोगबारे सचेतना जगाउदै छौं । यसबाहेक अन्य सामाजिक कार्यक्रमलाई पनि हामीले निरन्तरता दिनेछौं ।’   गुरुङका अनुसार उक्त र्‍यालीमा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहरा प्रधान​,जनप्रतिनिधहरु  तथा विद्यार्थीहरुसहित १ सय बढि स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।