पोखरा: सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याव जाँच १ सय २९ जना र महिलाहरुको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गरेका छन् । यस्तै रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २२ औं स्थापनाका दिवसको अवसरमा साप्ताहिक कार्यक्रम जेठ २५ गतेदेखि सुरु भएको हो । साप्ताहिक कार्यक्रम अन्र्तगत मुक्तिनाथ बाहिनीले आन्तरिक प्रतियोगितासँगै सरसफाईको कार्यक्रम सञ्चालन गरेको हो । निशुल्क स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका कर्मचारीसँगै स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआईजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ वटा अत्याधुनिक एम्बुलेन्स सहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए । यस्तै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएर अगाडि बढ्ने बताए ।
पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो । आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनफनले योगदान गरेको छ । अध्यक्ष तिमोथीले भन्नुभयो“नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आईएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।” रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपु¥याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ । कुष्ठरोगलाई यसबाट प्रभावितहरुको समस्याको रुपमा मात्र नलिईकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुण कुमार बुढाले बताउनुभयो । आइएनएफको रणनीतिक योजनाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभयो । कुष्ठरोगका बिरामीहरुलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामुलक कार्यक्रम सहित परिर्वतन ल्याउन सके बिरामीहरुको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीहरुप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ। बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । विरामीको उच्च मनोवल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगीहरु बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले समेत सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभयो । प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रवन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले कुष्ठरोग शुन्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका विरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्ने बताएका हुन् । ‘प्रदेश सरकारले गर्ववती, सुत्केरी महिला तथा नवजात शिशुहरुलाई आपत्कालिन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’को व्यवस्था गर्नेछ, गुरुङले भने, ‘ स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्दै संस्थागत सुत्केरी प्रदेश बनाउ विशेष अभियानको थालनी गर्नेछौं ।’ उनले स्थानीय तहसँगको समन्वयमा ग्रामीण अल्ट्रा साउण्ड सेवालाई विस्तार गर्ने समेत बताएका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारले दश वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद्ध अस्पतालहरमा ओपिडी र प्रयोगशाला परिक्षण निशुल्क गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई ओपिडी सेवा र प्रयोगशाला परिक्षण निशुल्क गर्ने बताएका हुन् । उनले ‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने बताएका हुन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङ्क्रमणदर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताउनुभयो । उहाँले अब कोभिड–१९ को कडाइको रूपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिनुभयो । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा। चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शङ्कास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न एवम् लक्षित वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उल्लेख गरिएको छ । मेयर शाहका अनुसार काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो । यही जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको समेत मेयर शाहको भनाइ छ ।
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा थपेर अब आकस्मिक सेवामा ३० शय्या पुर्याएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । झण्डै ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याउने तयारी रहेको पनि डा. चापागाईँकोे भनाइ छ । आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेँलो र हरियो शय्या तथा ठाउँको वर्गीकरण गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
पोखरा: चेम्बर अफ कमर्स दक्षिण क्षेत्र इकाई पोखरा महानगरपालिका १७, २१, २२ र ३३ ले वृहत रत्तदानको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौ पुण्य कमाऔं’ भन्ने नारासहित आगामी १३ गते शनिबार बिरौटाचोकमा रक्तदानको आयोजना गर्न लागको आयोजक संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए । उनले पोखरा क्षेत्रमा भएको रक्तअभावको समस्यालाई मध्यजनर गर्दै वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार बिरौटा चोकमा हुने रक्तदान विहान ७ बजे सुरु हुनेछ ।

