पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उहाँले बताउनुभयो । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उहाँले बताउनुभयो ।  वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।  ४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।  

विराटनगर:   धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।   धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।   डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् ।   स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार साउन १७  गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो ।   धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५  गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो ।   धरानमा घर-घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी  स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् ।   संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ । 

पोखरा:   रौटहट घर भएका अबय जयसवाल हिजो मात्र पोखरा फर्किए । विगत १०/१२ वर्षदेखि पोखरामा जागिर गरिरहेका कारण उनी रौटहट जाने आउने गरी रहन्छन् ।    आइतबार बिहान पोखरा आएका जयसवाल केही समय पछि कार्यालय गए । कार्यालयमा काम गरिरहेको समयमा एक्कासी उनको आँखा चिलायो, रातो हुँदै आयो । केही समयपछि दुखाई बढेपछि अफिस नजिकैकौ मेडिकलमा गए ।    स्वास्थ्यकर्मीले आँखा पाक्ने भाइरस फैलिएको र त्यसैको असर परेको हुन सक्ने भन्दै औषधि (मेडिसिन) दिए । तर त्यो औषधि(मेडिसिन) राखेपनि दुखाई कम भएन ।       त्यसपछि उनी सोमबार बिहानै पोखरा १७ घारीपाटन स्थित हिमालयन आँखा अस्पतालमा भेटिए । ‘आँखामा समस्या आएपछि घर फोन गरेको थिए । गाउँमा पनि आँखा पाकेको थाहा पाए । सायद त्यहीबाटै सर्याे होला । अहिले उपचार गर्न यहाँ आएको छु ।  छिटै ठीक होला,’ उनले भने ।   यस्तै पोखरा १८ का सुवास तामाङपनि उपचारकै लाइनमा भेटिए । उनले आइतबार छोरालाई विद्यालय नगई घरमै बसेको देखेपछि कारण सोधे, छोरालाई आँखा पाक्ने समस्या देखिएको थाहा पाएपछि तामाङले खाना खाएपछि   अस्पताल ल्याउने निधो गरे । तर खाना खाएको केही समयपछि उनलाई पनि आँखा पाक्ने भाइरसले संक्रमण गरिसकेको अनुमान गरे ।   अनुमान सही साबित भएपछि मेडिकलबाट औषधि आँखामा राखे तर निको भएन ।   त्यसपछि झन आँखा पोल्ने समस्या बढेकाले अस्पताल पुगेको तामाङले बताए । ‘रातभर आँखा पोल्ने, चिलाउने आँशु आउने भयो त्यसपछि अतिनै दुख दिएपछि यहाँ आएको हुँ,’ तामाङले भने ।   पोखरामा पनि फैलियो आँखा पाक्ने प्रकोप   हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जना हुन्थे । तर पछिल्लो सय बिरामीको चाप बढेको छ ।   यही हप्तामात्रै आँखा पाक्ने बिरामी १  हजार ५ सय बढी रहेको अस्पतालका मेडिकल डाइरेक्टर इलिया श्रेष्ठले बताइन् । उनका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना थिए । ‘अहिले देशभर नै (एडिनो भाइरल कन्र्जग्टिवाइटिस) आँखा पाक्ने रोग फैलिरहेको छ, श्रेष्ठले भनिन्, ‘पछिल्लो एकहप्तामा पोखरामा १ हजार ५ सय ७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ ।   हिमालय आँखा अस्पतालको तथ्याङ्क अनुसार १ हजार ५ सय ७३ जना मध्ये ९ सय १८ जना बालबालिका छन् भने आजपनि (सोमबार) उपचारका लागि अस्पतालमा बिहानैदेखि बिरामीको भिडभाड बढेको छ ।  ‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउछ, उनले भनिन्, ‘यसले ज्योती नै गुम्छ भन्ने हुदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २र३ हप्तासम्म समय लाग्छ ।’   एडिनो भाइरल कन्र्जग्टिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ ।   ‘हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् यो सरुवा रोग हो । त्यसैले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिएको हो । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तुहरु अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन,’ उनले भनिन् ।   उनले आँखामा कुनै समस्या देखिए आँखा अस्पतालका चिकित्सकसँग परामर्श लिएर मात्रै औषधिको प्रयोग गर्न सुझाव दिइन् । आँखा दुख्यो भनेर जुन पायो त्यही दबाई प्रयोग गर्नु राम्रो होइन, उनले भनिन्, ‘चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्नु पर्छ ।’   पटकपटक साबुनपानीले हात धुने, चस्मा प्रयोग गर्ने, धुवाँधुलोबाट आँखालाई जोगाउने, संक्रमित व्यक्तिले प्रयोग गर्ने वस्तु तथा सामग्रीहरु प्रयोग नगरेको खण्डमा उक्त प्रकोपबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

स्याङ्जा:     स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरेको थियो । ‘मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको किटाणु अत्यधिक मात्रा पाइएको छ’, प्रमुख शर्माले भन्नुभयो, ‘सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।’ सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका किटाणु भेटिएका थिए । प्रमुख शर्माले गएको वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो । उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो । गएको आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ ।

काठमाडौं:    आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाडौंको आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक झण्डै एक सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् । काठमाडौं उपत्यकाका अरु अस्पतालसँगै विभिन्न जिल्लाका अस्पतालमा पनि बिरामीको भिड छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो । सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन । डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जचाएर मात्र औषधि प्रयोग गर्न वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको आग्रह छ । आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।

मनाङ:    विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् । बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिनुभयो । भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको प्रनाउ भण्डारीले बताउनुभयो । उहाँका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । 

नवलपुर:     नवलपुरमा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आगामी दुई महिना थप सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको छ । डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि एक हो । यहाँ अहिले नै डेंगु सङ्क्रमण बढिसकेको नभए पनि जोखिम भने बढ्दो छ । भर्खरै मनसुन सक्रिय भएकाले लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय बल्ल सुरु भएको मध्य विन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले बताउनुभयो ।  डा कँडेलले भन्नुभयो, ‘‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण बढ्ने जोखिम छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज ए जिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।’’ जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा। केशवप्रसाद चापागाईँका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी देखिएका छन् । आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुनमा एक सय ५६ जना महिला र २ सय १० पुरुष गरी ३ सय ६६ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । जसमध्ये असोजमा एक सय ५ जना र कात्तिकमा एक सय ११ जना रहेका कार्यालय  प्रमुख डा। चापागाईँले जानकारी दिनुभयो । गत आवमा नवलपुरमा डेंगुबाट १ जनाको मृत्यु भएको छ भने एक जना अहिले अस्पतालमा उपचाररत छन् । मेसु डा। कँडेलका अनुसार बर्खा लागेकाले देशभर डेंगुको सङ्क्रमण बल्ल सुरु भएकाले सतर्क हुन जरुरी छ । ‘मनसुन सकिने बेलासम्म सङ्क्रमण बढ्दै जान्छ, डा। कँडेलले भन्नुभयो, यो समयमा लामखुट्टेको लार्भा नियन्त्रण गर्न नसक्ने हो भने नियन्त्रण गर्न नसक्ने गरी यसले महामारीको रूप लिन सक्छ, त्यसैले आम नागरिक आफै सतर्क भएर सरसफाइमा ध्यान दिन जरुरी छ ।’  डेंगुको जोखिम कम गर्नका लागि प्रयास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा कँडेलले भन्नुभयो, ‘जनचेतना जगाउने, लामखुट्टेका वासस्थान खोजेर नष्ट गर्ने काम भइरहेको छ, स्थिति थप भयावह बन्दै गएमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर औषधि छर्किने काम गर्छौ ।’