जापानीज प्रविधिमा निर्मित आफ्नै भवन नदिपुरमा पद्म नर्सिङ्ग होम
पाेखरा | असोज ११, २०७९
पोखरा : पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा. लि. नदिपुरबाट संचालनमा आएको छ ।
बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम घटस्थापनाको दिन देखि पोखरा–३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै सुबिधा सम्पन्न भवन बाट संचालनमा आएको हो ।
नर्सिङ्ग होमले अहिले तत्काललाई इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इ.सि.जि., इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आईरहेको सेवालाई यथावत राखेको जनाएको छ ।
नर्सिङ्ग होमले अब छिट्टै नै आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थप गर्ने तयारी गरेको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिनुभयो । “हामीले सबै प्रकारका सेवा दिने तयारी गरेका छौ । न्युरोडमा संचालनमा रहदा भएका सबै सेवालाई यथाबत संचालन गरेर आईसियु एनआईसियु, पिआईसियु सिटि–स्क्यान, एमआरआई लगायतका सेवा थपको तयारी गरेका छौ । केही काम बाँकी रहेकाले यी सेवाहरु सुरु भने भएका छैनन् अब छिट्टै यी सेवाहरु पनि सुरु हुने छन् ।“ उहाँका अनुसार कार्तिक वा मंसिर सम्म यी सेवाहरु सुचारू गर्ने तयारी रहेको छ ।
नदिपुरमा स्थानान्तरण भए संगै ५० बेड क्षमता बाट १ सय बेड क्षमतामा स्तर उन्नतिको तयारी गरेको नर्सिङ्ग होमले भौतिक निर्माणको कामलाई तिब्रता दिएको जनाएको छ । नर्सिङ्ग होम बाट थप अनुभवी र बरिस्ठ डाक्टरहरुको परामर्शमा सेवा दिने गरेर तयारी थालिएको बताउदै प्रा.लि. का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने जानकारी दिनुभयो ।
प्रा. लि. का संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले पद्म नर्सिङ्ग होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताउदै सर्वसुलभ स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने आफुहरुको उदेश्य रहेको बताउनुभयो ।झण्डै तीन दशक देखि पोखराको न्युरोडबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्सिङ होमले पोखरा– ३ नदिपुरबाट सेवा सुरु गर्दै बिगतमा सेवाग्राही बाट पाएको अपार माया र सद्भावका लागि आभार व्यक्त गरेको छ भने आगामी दिनमा पनि उस्तै माया र साथको अपेक्षा गरेको जनाएको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

