४० खेलाडी एन्टि डोपिङ परीक्षणमा
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरुको एन्टि डोपिङ गरिएको छ ।
राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् ।
उनले भने–“राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ ।”
विभिन्न खेलका ४० जना खेलाडीको नमूना लिइएको डा. शाहले बताए । “यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,” दक्षिण एसिया एन्टि डोपिङका सदस्यसमेत रहेका डा. शाहले भने– “हामीले गरेको नमुना संकलनहरु कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।”
“खेलाडीले पदक जित्न शक्तिबद्र्धक औषधी प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ”, डा. शाहले भने–“अब नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिबद्र्धक औषधीको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।” खेलाडीले जितेको पदक र खेललाईसमेत आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका हुने उनले बताए ।
पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टि डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटि बनाएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

