भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

पोखरा:  युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ ।  युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र नभइ नेपालभर र विदेशमा समेत सदस्य विस्तार गर्दै आएको कलवले एघारौ पोखरा महोत्सवमा सहयोगी संस्थाको रुपमा रहेर सहकार्य गर्ने सम्झौता भएको हो ।  मंगलवार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नविन श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच सहकार्य गर्ने निर्णय भएको हो ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यावसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब” भन्ने मुल नाराको साथ नेपालभरका युवा ब्यवशायीहरुलाई एकीकृत गर्दै आइरहेको युथ कम्युनिटी क्लवले युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।  युथ कम्युनिटी क्लवले पारिवारीक र निर्वाहमुखी ब्यवशायलाई विविधीकरण, ब्यवशायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह गर्दै एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्दै विदेश पलायन भएका तथा बेरोजगार तथा युवा जनशक्तिलाई नेपालमै आत्मनिर्भर एवं उद्यमशील समाजको निर्माण गर्न युथ कम्युनिटी क्लव लागि परेको श्रेष्ठले बताए ।  त्यसैगरी क्लवले युवा ब्यवशायीहरुलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सेमिनार, फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने, एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने, देश भित्र विभिन्न व्यवसाय गरिरहेको युवाहरुलाई सस्थामा समाबेश गराउने, जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना गर्ने , व्यावसायको प्रोमोशन, व्यावसाय रिसर्च, व्यावसायको छलफल, बदलिदो र विकशित अर्थतन्त्रमा हरेक क्षेत्रका व्यावसायीहरु स्थापित गर्ने लक्ष्य राखेको छ ।  । देश बिदेशका युवाहरुबीच साथ, सहयोग र सहकार्य गरि समय समयमा व्यावसायको बारेमा  विचार आदानप्रदान कार्यक्रमहरु सचालन गर्ने समेत क्लवले जनाएको छ ।  सो अवसरमा बोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्यले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव विभिन्न संघ संस्थाहरुको सहयोगमानै सम्पन्न हुदै आइरहेको वताउदै संघ संस्थाहरु बीच सहकार्य गरेर युनाईटेड क्लव संधै अगाडि वढिरहेको वताए । एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि वढिरहेको र छिट्टै नै पोखराका विभिन्न संघ संस्थाहरु संग बृहत छलफल गरी महोत्सवलाई भब्य र सभ्य बनाउन लागि पर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:   गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे ।  उक्त अवसरमा वडा नं ३२  का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए । सदस्य शोभा बिकले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन ।  वडा सदस्य सावित्री पण्डीत महिलको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए  ।  बिद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए । अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए ।  कक्षा  १० की छात्रा डीम्पल बि कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन ।  कक्षा ७ देखि १२ सम्मका बिध्यार्थीहरुलाइ लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।  

काठमाडौं:   नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।

बागलुङ:   वि.स.२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत संम्भार नहुदा काम नलाग्ने भएका हुन् ।  विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सिसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।   सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सिसी क्यामेरा बिग्रिएकापछि  नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।   प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । “सिसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो”, ज्ञवालीले भन्नुभयो, “सिसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सिसी क्यामेराको हुन्छ ।”   ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सिसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले विग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।  सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा विगे्रको बताउनुभयो । अध्यक्ष कँडेलले भन्नुभयो, “क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।” बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।

काठमाडौं:  राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए। दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।

 काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।

धादिङ: धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ। यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।

सप्तरी:   सप्तरी रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ । बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।

काठमाडौं: नेपाली कांग्रेसको संस्थानइतर पक्षको बैठकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका छन् । अनामनगरस्थित होटल बसेरामा इतर पक्षको बैठक जारी रहेको छ । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए । बैठकले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला र प्रस्तावकमा धनराज गुरुङ रहनेछन् । महामन्त्री शर्माले पनि संसदीय दलको नेतामा थापालाई समर्थन गर्दै आइरहेका छन् ।