काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

पोखरा:  कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता समेत हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ ।’ –उनले भने । स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङले बताए ।   महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।   पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।   सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

पोखरा:   नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ ।    पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीहरु चितवन पुगेका थिए । सो कार्यक्रम शुक्रबार शनिबार भएको थियो ।  कार्यक्रम अन्र्तगत शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको २ दिनसम्म हुने नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उक्त फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनले जानकारी दिए । ‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका छौं,’ उनले भने, ‘हामीसँग नाट्टाको प्रदेश अध्यक्षहरुसहित विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीहरु सहभागी हुनुहुन्छ ।’  कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको थियो । नाट्टा छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।  संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गर्न लागिएको जानकारी दिए । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताए ।  कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए । ‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’  टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ३० जनाको सहभागिता थियो । नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवद्र्धनलाई मूर्त रुप दिन सन् २००८ देखि प्रमोशनल टुर पनि गर्दै आएको छ ।   

काठमाडौं:   नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेश को आयोजनामा गण्डकी प्रदेशको आतिथ्यमा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व र गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनारको प्रमुख अतिथि मा सम्पन्न भएको छ ।  अन्तक्रिया कार्यक्रम मा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले बोल्दैँ, ‘हामीले प्रदेश मार्फत व्यवसायीहरू का समस्या समाधान गर्छौं,सुन प्रदेश मार्फत वितरण सिफारिस गर्छौ अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ तर हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौ केवल कार्यलय को भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो।’  त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले, ‘महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो।’  कर्णाली प्रदेशका सभापति जनक सुनारले, ‘यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी हो अब हामी यसै बस्न हुदैन अधिकार त्यसै पाइदैन र काम कर्त्तव्य बिर्सनु हुदैन भन्नुभयो।’  सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले, ‘व्यवसायिका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफैँ समस्या मा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन। महासंघ को गरिमा घट्ने कार्यनगर्न आग्रह गर्नु भयो। लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजना बद्द ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान हुदैन। यी एजेण्डा हरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्छ यसका लागि सबैको सहयोग चाहिन्छ भन्नुभयो।’  अतिथि निर्मल दियालीले, ‘हामी जिल्ला संघ देखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने विचार राख्नु भयो।’ प्रमुख अतिथ मोहन कुमार सुनारले, ‘सुन वितरण का लागि सदस्यता र प्यान नं को आधर नै वैज्ञानिक आधार हो यस समानुपातिक वितरण प्रणालीको निर्णय भएपनि लागु नभएको मा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्छ। व्यवसायीका धेरै समस्या  मापदण्ड निर्देशिका ले समाधान गर्छ हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ। प्रदेशले जिल्ला का समस्या समाधान गर्ने र महासंघ लाइ सुझाव सल्लाह सहयोग गर्ने हो महासंघ निति निर्माण र राज्य संग पहलकदमी मा लाग्ने हो तर त्यसो भएको छैन। समय सापेक्षित रुपमा चल्नुपर्ने बताउनु भयो।’  सभापति रामजी साहले, ‘यसोसियट सदस्यहरू लाइ व्यवस्थापन गर्नु पर्छ। सुन वितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्छ। यसोसियट सदस्यहरू लाइ दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ। सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निवेदन आएका सबै लाइ सदस्यता दिनुपर्छ। भन्नुभयो।’  अन्तर्क्रिया मा १५जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राख्नुभएको थियो। आथित्य प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिव हरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्या मा छलफल गर्न पाउनु महत्वपूर्ण हो।व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य छन्। देशभरि कालो बजारी मौलाउदै छ।व्यवसायी पलायन हुने अवस्थामा छन।बैंक ब्याज ले थिचिएका छन।सरकारी बक्र दूष्टि परि अनुगमन लगायतका समस्या मा छन। व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन,सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्या मा छन। महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन। अब यि समस्या आउन दिनु हुदैन त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएको मा धन्यवाद दिनु भयो।  कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्मा ले संचालन गर्नु भएको थियो। ३५ जना प्रतिनिधि ले भाग लिएको कार्यक्रम को निर्णय जस्ताको तस्तै महासंघ लाइ बुझाउने करा सभापति रामजी साहले जानकारी दिनु भयो।

काठमाडौं:  नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

काठमाडौं:  काठमाडौंको शंखपार्क नजिक आज ठेलागाढामा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा बा ९८ प ४८ ९८ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजे चप्पल कारखानाबाट सुकेधारातर्फ जाँदै गरेको दुलाल सोही दिशातर्फ जाँदै गरेको ठेलामा ठोक्किएको थिए ।  

राँझा:  बाँकेको कोहलपुरमा शनिबार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय  कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए । उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

म्याग्दीः    खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् । प्रदेश सरकार र स्थानीय तहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका छन् । फराकिला मैदानमा गाउँमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जाले बताउनुभयो । त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो । “बेनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उहाँले भन्नुभयो, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको रु १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ ।” त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट, भकुण्डे, सानालेख, फापरखेत र गौश्वारामा पनि खेल मैदान निर्माण भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “हाम्रो वडामा खेल मैदानको कमी छैन, स्थानीय युवाको पहल, विद्यालयमा आउने बजेट, वडाको बजेट र वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा वडामा पाँच वटा खेल मैदान निर्माण भएका छन्”, वडाध्यक्ष कार्कीले भन्नुभयो । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो ।  प्यारापिट, घेराबार निर्माण र बीचमा रहेको विद्युत्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।  मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो । यसैगरी जिल्लाका छवटै स्थानीय तहका वडामा खेल मैदान निर्माणले गति लिन थालेपछि खेलाडीमा उत्साहा थपिएको छ । म्याग्दीका फुटबल खेलाडी टेकबहादुर हुमेनले खेल मैदान निर्माण हुन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “किशोर, किशोरी तथा युवालाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेल गाउँमै खेल्न सकून् भनेर यो मैदान बनाएका हौँ”, श्रेष्ठले भन्नुभयो, “यसले गाउँमै खेलाडीलाई खेल अभ्यास गराउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”

काठमाडौंः    नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । मङ्सिर २९ गतेसम्म भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को कात्तिकसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएका थिए । राखिएका पुस्तकमध्ये ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘वर्ण व्याकरण’, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, चूडानाथ भट्टराईको ‘पौरस्त्य दार्शनिक कृतिहरु’, ‘नेपाली लोकवार्ता’, ‘दर्शनावली भाग एकदेखि नौसम्म’, जगतप्रसाद उपाध्यायको ‘नेपाली दर्शन’, पुस्तक बढी बिक्री भएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु तीनदेखि रु तीन हजार ३०५ सम्मका पुस्तक राखिएका थिए । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायत विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० भन्दाबढी थरीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएका थिए । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोश रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएका थिए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेकामा यसपटक पनि त्यस्तै देखिएको प्रतिष्ठानले जनाएको छ ।     प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा प्रदर्शनी आयोजना गरिँदै आएको छ । यसपटक भने प्राज्ञ सभाको अवसर पारेर प्रदर्शनी गरिएको हो । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने छ । यसपटकको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका बदरीनाथ भट्टराईले लेख्नुभएको ‘संस्कृत साहित्यको ंिसंहावलोकन’, शीतल गिरीको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, श्याम खनाल सङ्कलक÷सम्पादक रहेको ‘नयराज पन्तका ज्योतिषी चिन्तन’, अनुवादक र सम्पादक स्नेह सायमी रहनुभएको ‘नेपाल भाषाका समकालीन कविता’, सम्पादक जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको ‘चूडानाथ भट्टरायका पौरस्त्य दार्शनिक कृतिहरु’ नामक पुस्तक राखिएका थिए । यसैगरी लेखक डा बीपी बाजपेयी र अनुवादक डा विज्ञान भिक्षु रहनुभएको ‘विश्व धर्म (प्राणनाथका धर्मको एकीकरण)’, प्रा डा कृष्णचन्द्र शर्माको ‘नेपालमा नाथ योग दर्शनको परम्परा’, डा शुक्रराज अधिकारीको ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, सम्पादक योगेन्द्रप्रसाद यादव रहनुभएको ‘मातृभाषाको रुपरेखा भाग–३’, भीमराज गौतमको ‘कुसुण्डा भाषाको व्याकरण’ र भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’लगायत पुस्तक  प्रदर्शनीमा राखिएका थिए   

काठमाडौंः   संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ । ‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।  शान्ति मिशनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिशन सिनाइ (ईजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो । हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय ४४ वटा शान्ति मिशनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ सकलदर्जा शान्ति मिशनमा सहभागी भएकामा एक हजार नौ सय ८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुती दिएका छन् भने ६८ जना सकलदर्जा घाइते भएका छन् । हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिशनमा नेपाली सेनाका छ हजार १६ जना सकलदर्जा ९चार सय २९ महिलासहित० सहभागी भइरहेका छन् ।  यसैगरी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशन मध्य युएनडिओएफ मिशन सिरियामा फोर्स कमाण्डर, युएनआइएफआइएल मिशन लेवनानमा डेपुटी फोर्स कमाण्डर तथा एमआइएनयुएसएमए मिशन माली र युएनएमआइएसएस मिशन दक्षिण सुडानमा सेक्टर कमाण्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत हुनुहुन्छ ।