काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

पोखरा:  पोखरा महानगरपालिकाको बेरुजु अत्याधिक बढेको भन्दै शीघ्र फछ्यौटको व्यवस्था मिलाई सोको प्रगती विवरण लेखा समितिको बैठकम पेश गर्न निर्देशन दिएको छ ।   महानगर लेखा समितिको नवौं बैठकले बेरुजुलाई सुशासनको करात्मक सुचकको रुपमा समेत लिइने हुदाँ महानगरपालिकाको बेरुजु अध्याधिक बढदै गइरहेकोले र फछ्यौटको गति सुस्त रहेकोले आगामी दिनमा सुन्य सहनशीलता स्थापित हुने गरी स्पष्ट कार्यविधि एवं कार्ययोजना बनाई शीघ्र फछ्यौटको ब्यवस्था मिलाई प्रगती विरण समितिमा पेश गर्न बैठकले महानगर कार्यपालिकालाई निर्देशन दिएको छ ।   बैठकले संघीय सरकारले कार्यक्रम राखी आमन्त्रण नगरेको ता कामको प्रयोजन समेत नखुलेको दुबै अवस्थामा कार्यालयले कर्मचारीलाई जिल्ला बाहिर विशेष कामकाज खटाउने गरेको पाइएको भन्दै आगामी दिनमा बस्तुनिष्ठ र मितब्ययी तरिकाले काजमा खटाउने कार्यलाई कडाइका साथ पालना गर्न समितिले निर्देशन दिएको छ । समितिले महानगरका कर्मचारीहरुलाई आवास सम्वन्धी कुनै पनि नीतिगत एवं कानुनी व्यवस्था विनानै घरभाडाका लागि ठूलो रकम खर्च हुने  गरेको भन्दै उक्त खर्च नियन्त्रण गर्न नवौ बैठकबाट निर्देशन दिइएको लेखा समिति संयोजक झपट रानाभाटले जानकारी दिए ।  उनका अनुसार कार्यालयमा माली, कुचीकार, कार्यालय सहयोगी, जस्ता पदमा बाहेक अन्य पदहरुमा कर्मचारी राख्न नपाउने ब्यवस्था भएपनि अन्य पदहरुमा  समेत करारमा कर्मचारी भर्ना गरिरहेको  अवस्था देखिएकाले आगामी दिनमा आवश्यक भएमा लोकसेवा आयोगसंग माग गर्ने कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको छ  । यस्तै बैठकले कार्यालयमा प्राविधिक जनशक्ति उपलब्ध हुदाँहुदैँ महानगरभित्र अन्य निकायका भवन निर्माणको एवं नक्सा डिजाइन उपर निगरानी, चेकजाँच गरी स्वीकृति गर्ने अवस्था भएपनि महानगरको आफनै भवनको डिजाइन बनाउन समेत बाहिरबाट परामर्श सेवाका नाममा लाखाँै रकम खर्च भएको देखिएकाले रोक्न निर्देशन दिएको संयोजक रानाभाटले जानकारी दिनुभयो ।  कार्यपालिका बैठक,तालिम आदि सञ्चालनका लागि कार्यालय हल हुदाँहुदै विभिन्न रिसोर्टमा ठूलो रकम खर्च हुने गरेको देखिएकाले त्यसबाट नागरिकमा आफुले तिरेको राजश्व रकम दुरुपयोगको बढदो टिप्पणी एवं चिन्ता ब्यक्त हुने गरेकाले नागरिकले तिर्ने रकमको सम्मान र सदुपयोगको प्रत्याभुति गर्ने गरी कार्यपालिका बैठक कार्यालय बाहिर गर्न निरुत्साहित गर्नुपर्ने देखिएको भन्दै सचेत गराएको छ ।  त्यस्तै लेखा समितिले भाटभटेनी, पानी पधेरो, मणिपाल लगायतका नीजि हस्पिटलहरु, सेल्वेज, टे«ड महल, अन्नपूर्ण, विशाल बजार, वाटर फ्रन्ट बाराही, ग्राण्ड, हिमालयन ग्लोरी, सांग्रीला लगायतका होटलहरु र नीजि विद्यालय मदरल्याण्ड, कुमुदिनी होम्स, सेन्ट मेरीज जस्ता , बोडिङ समेतका ठूला करदाताहरुको कर सम्वन्धि लगत राख्ने, व्यवसाय दर्ता, बक्यौताको विवरण तयार गरी िअसली गर्न निर्देशन दिएको लेखा समिति सभापति रानाभाटले बताए । समितिले कर बढाउन करदाता शिक्षा, कर संकलन र ब्यवसाय दर्ता अभियान सञ्चालन गर्न समेत निर्देशन दिएको लेखा समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिए ।  लेखा समितिले मंगलबार महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र  आर्थिक विकास महाशाखा मनहर कडरियालाई कार्यालयमा बोलाई शैक्षिक क्षेत्र र कृषिका बारेमा जानकारी लिएको छ । लेखा समिति सभापति झपट रानाभाट,सदस्य बलराम पौडेल, विष्णुमणी बराल, दुर्गादेवी के.सी.थापा, रामजी प्रसाद पौडेलले शिक्षा क्षेत्रमा रहेको ब्यथितिलाई सुधारका लागि कार्ययोजना बनाएर ल्याउन विशेष निर्देशन दिएको सदस्यसचिव रोमनाथ उपाध्यायले बताए ।   

पोखरा:  लेखनाथमा हुने ‘१८ औं लेखनाथ महोत्सव’ को तयारी पुरा भएको छ ।  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष ७ देखि १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।  महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पुष ७ देखि १८ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार सो महोत्सवलाई सगरमाथा ईन्स्योरेन्स कम्पन्नीको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन गरेको छ । ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेकाको संयोजक बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने ओझाले बताए ।  महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास र बेगनासताल, रुपाताल लगायत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन एवम् समाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।  कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको आत्रेय बताए । ‘कोभिड १९, रुस युक्रेन युुद्ध लगायत विभिन्न कारणले देशको आर्थिक चलायनमान हुन सकेको छैन्, उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिविधि चलायन बनाउन महोत्सवको आयोजना गरिएको हो ।’ उनका अनुसार महोत्सवमा कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको छ । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ५०, साधारण टिकत तर्फ ८०, कन्सर्ट टिकट १ सय ५० र जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डको आधारमा निशुल्क प्रवेश गरिने अध्यक्ष आत्रेयले जानकारी  दिए । उनका अनुसार १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भएर १० लाख बचत हुने अनुमान गरिएको छ भने महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोवार हुने लेखनाथ उद्योग वाणिज्य संघले अनुमान गरेको छ । वि.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।  

पोखरा:  युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २९ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा युथ कम्युनिटी क्लवले सहयोगी संस्थाका रुपमा रहेर सहकार्य गर्ने भएको छ ।  युवा ब्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि स्थापित युथ कम्युनिटी क्लवले बिगत ४ वर्ष अगाडि पोखराबाट स्थापित क्लवले हाल पोखरा मात्र नभइ नेपालभर र विदेशमा समेत सदस्य विस्तार गर्दै आएको कलवले एघारौ पोखरा महोत्सवमा सहयोगी संस्थाको रुपमा रहेर सहकार्य गर्ने सम्झौता भएको हो ।  मंगलवार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नविन श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच सहकार्य गर्ने निर्णय भएको हो ।  सम्झौता पत्रमा हस्ताक्षर गर्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा व्यावसायीहरुबीच साथ, सहयोग र सहकार्यको लागि “युथ कम्युनिटी क्लब” भन्ने मुल नाराको साथ नेपालभरका युवा ब्यवशायीहरुलाई एकीकृत गर्दै आइरहेको युथ कम्युनिटी क्लवले युनाईटेड क्लव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।  युथ कम्युनिटी क्लवले पारिवारीक र निर्वाहमुखी ब्यवशायलाई विविधीकरण, ब्यवशायीकरण, औद्योगिक एवं प्रतिस्पर्धी र दीगो बनाउन प्रभावकारी सेवा प्रवाह गर्दै एकल तथा सामुहिक लगानी बृद्धिमा सहजीकरण गर्दै विदेश पलायन भएका तथा बेरोजगार तथा युवा जनशक्तिलाई नेपालमै आत्मनिर्भर एवं उद्यमशील समाजको निर्माण गर्न युथ कम्युनिटी क्लव लागि परेको श्रेष्ठले बताए ।  त्यसैगरी क्लवले युवा ब्यवशायीहरुलाई लक्षित गरी विभिन्न तालिम, गोष्ठी, सेमिनार, फेलोशिप्स मार्फत सफल उद्यमीहरू उत्पादन गर्ने, एकअर्का बीच बिचार विमर्श , मित्रता कायम गराउने, व्यवसायी सदस्यहरु बीच रहेका आफ्ना ज्ञान, सीप, क्षमता अभिबृद्धिका लागी सधै तत्पर र क्रियाशिल रहने, देश भित्र विभिन्न व्यवसाय गरिरहेको युवाहरुलाई सस्थामा समाबेश गराउने, जोखीम निवारणको लागी विपत व्यावस्थापन कोर्ष स्थापना गर्ने , व्यावसायको प्रोमोशन, व्यावसाय रिसर्च, व्यावसायको छलफल, बदलिदो र विकशित अर्थतन्त्रमा हरेक क्षेत्रका व्यावसायीहरु स्थापित गर्ने लक्ष्य राखेको छ ।  । देश बिदेशका युवाहरुबीच साथ, सहयोग र सहकार्य गरि समय समयमा व्यावसायको बारेमा  विचार आदानप्रदान कार्यक्रमहरु सचालन गर्ने समेत क्लवले जनाएको छ ।  सो अवसरमा बोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका व्यानर व्यवस्थापन संयोजक जयराम आचार्यले युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव विभिन्न संघ संस्थाहरुको सहयोगमानै सम्पन्न हुदै आइरहेको वताउदै संघ संस्थाहरु बीच सहकार्य गरेर युनाईटेड क्लव संधै अगाडि वढिरहेको वताए । एघारौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि वढिरहेको र छिट्टै नै पोखराका विभिन्न संघ संस्थाहरु संग बृहत छलफल गरी महोत्सवलाई भब्य र सभ्य बनाउन लागि पर्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:   गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे ।  उक्त अवसरमा वडा नं ३२  का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए । सदस्य शोभा बिकले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन ।  वडा सदस्य सावित्री पण्डीत महिलको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए  ।  बिद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए । अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए ।  कक्षा  १० की छात्रा डीम्पल बि कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन ।  कक्षा ७ देखि १२ सम्मका बिध्यार्थीहरुलाइ लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।  

काठमाडौं:   नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।

बागलुङ:   वि.स.२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत संम्भार नहुदा काम नलाग्ने भएका हुन् ।  विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सिसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।   सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सिसी क्यामेरा बिग्रिएकापछि  नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।   प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । “सिसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो”, ज्ञवालीले भन्नुभयो, “सिसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सिसी क्यामेराको हुन्छ ।”   ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सिसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले विग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।  सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा विगे्रको बताउनुभयो । अध्यक्ष कँडेलले भन्नुभयो, “क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।” बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।

काठमाडौं:  राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङ्देन सर्वसम्मत रूपमा पार्टी संसदीय दलको नेता चयन भएको जानकारी दिए। दल नेता चयन गर्न आज राप्रपाले संसदीय दलको बैठक राखेको थियो। राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।

 काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।

धादिङ: धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ। यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको बताएको छ।