काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

काठमाडौंः सांसद्हरूले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्नुपर्ने बताएका छन्।    संसदमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद् भानुभक्त जोशीले संशोधन विधेयक यथाशीघ्र पारित हुन आवश्यक रहेको बताए।    जोशीले भने, ‘सर्वोच्च अदालत जस्तो संस्था कायममुकायम प्रधानन्यायाधीशको भरमा चलेको छ। संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन। यो संसोधन विधेयक चाँडो टुंगो लगाउनुपर्छ।’   सांसद् रघुजी पन्तले विधेयकलाई तत्काल पास गर्नुपर्ने बताए। पन्तले भने, ‘अहिलेको सरकारपनि टालाटुली बटुली कति राम्री पुतली जस्तै छ। प्रधानन्यायाधीश नहुँदा न्याय प्रक्रियाका कार्य सम्पादनहरू रोकिएका छन्। मन परेका मान्छेहरू आयोगमा पठाउने अवस्था नआओस्। यो विधेयकलाई पारित गरेर कानुन बनाउन सकौं, ’ पन्तले लोकतन्त्रका संरचना निर्माण गर्दा ध्यान पुर्‍याउनुपर्ने बताए।   सांसद् अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् जस्तो देखिएको भन्दै यसले लोकतन्त्र सुदृढ हुन नसक्ने बताए।   स्वतन्त्र न्यायपालिकालाई काम गर्न अवरोध सिर्जना भएको भन्दै संवैधानिक निकायहरूमा स्वस्थ व्यक्तिहरूलाई नियुक्ती गर्नु अहिलेको आवश्यक रहेको बताए। स्वतन्त्र न्यायपालिका जस्तो संस्था कायममुकायमको भरमा चल्नु दुर्भाग्य रहेको केसीको भनाइ छ। कलेजियम निर्माण गरेर सम्बन्धित विज्ञहरूलाई छनौट गर्नुपर्ने र ती व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्ती दिनुपर्ने बताए।   सांसद् महेशकुमार बर्तौलाले संवैधानिक निकायहरूको नेतृत्व टुंग्याउनुपर्ने अवस्था आएको बताए। बर्तौलाले भने, ‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् बैठकमा गणपुरक सन्दर्भमा सडकको मसला बनाइयो। निर्णय प्रक्रियामा बैठक अध्यक्षले बोलाउनुहुन्छ। बैठकमा सबै सदस्यको समान भूमिका हुन्छ। तर, संशोधन विधेयकमा अध्यक्षलाई विशेषाधिकारको कुरा उठाइएको छ। यसले संवैधानिक आधार प्राप्त गरेको छ भन्ने देखिँदैन। संवैधानिक परिषद्को अध्यक्षलाई संविधानले नदिएको अधिकार दिनु उपयुक्त हुँदैन।’

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।    यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।

 पोखरा:  पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत्र ३० गते कन्टेष्ट तथा फेसन सो गर्न लागेको फेसन सो कार्यक्रमका संयोजक रबिन गरुङले जानकारी दिए। फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए। उनका अनुसार फेसन सो कार्यक्रम समाजमा समस्यामा परेका आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग पुग्ने उदेश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम पश्चात् वाउ स्कुलले १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने पनि गरुङले बताए । फरक खालको थिममा पोखरामा नै पहिलोपटक हुन् लागेको फेसन सो कार्यक्रममा फेसन डिजाइनमा अध्यनरत डिजाइनरहरु काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना फेसन बिधार्थी बीच डिजाइनर प्रधिस्पर्धा हुनेछ। फेसन सो कार्यक्रममा डिजाइनर प्रतियोगिता बिधामास् डिजाइनर अफ द इयर पोखरा, काठमाडौं, धरान, इटहरी, बाग्लुङ लगायतको बिधामा अवार्ड प्राप्त गर्ने कार्यक्रम संयोजक गुरुङले बताए । कार्यक्रममा सोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिङ्ग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने फेसन सो कार्यक्रमका कोरियो ग्राफर जयन्ती मोक्तानले जानकारी गराइन। यस्ता खालका फेसन सोस्ले मोडल एवम् डिजाइनरको बिकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।  

पोखरा:  प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ ।  पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनालाई सल्लाहकारमा चयन गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यसैगरी मञ्चले यहीं चैत्र १३ गते सोमबार ‘कोभिड–१९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने भएको छ । बिहान ८ बजे पोखरा थिएटरमा आयोजना हुने कार्यक्रमा वक्ताको रुपमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जसमाया गुरुङ जसु, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्दे्रणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार राजाराम पौडेलले गर्ने प्रेस क्लब गण्डकीले जनाएको छ । कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा थिएटरसँगको सहकार्यमा हुन लागेको हो । यस अगाडि प्रेस क्लबले ‘स्ववियु आवश्कता र औचित्य’ विषयक अन्तक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस क्लव गण्डकीको हालै प्रथम अधिवेशनले एकराज गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो ।  जसको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिवमा दीपा पौडेल भण्डारी छन् । कार्यसमिति सदस्यमा आशिष पुरी र संकल्प ढुंगाना छन् ।

पोखरा:  नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निःशुल्क आँखा शिविर पत्रकार महासंघ कास्किको परिसरमा हुने भएको छ ।  नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस र नेत्रज्योति सङको ४५ औ स्थापना दिवसको उपलक्षमा चैत्र १३ गते देशका सातै प्रदेशमा रहेका पत्रकारहरुका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा चैत्र १३ गते सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म सिविर आयोजना गरिने तय भएको छ ।   शिविरमा आँखा जाँच गराउने पत्रकारहरुको लागि आवश्यक परेमा चस्मा देखि शल्यक्रिया समेत निशुल्क गरिने ब्यबस्था मिलाइएको नेत्रज्योति सङ कास्किका अध्यक्ष कृष्ण बहादुर गुरुङले बताए । “हाम्रो कर्तब्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी ” नारालाइ सार्थकता प्रदान गर्दै सामाजिक उत्तरदायित्वको भुमिका निर्बाह गर्न राष्ट्रको चौथो अङको रुपमा रहेको पत्रकारहरुका लागि शिविर सन्चालन गर्ने केन्द्रको नीति निर्देशन बमोजिम पोखरामा हिमालय आँखा अस्पतालले जिम्मेवारी पाएको नेत्रज्योति संघ कास्कीका सचिब सुरेन्द्र थापाले बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ  गण्डकी प्रदेश समितिका सचिव यदुनाथ बन्जाराले बताए ।  

काठमाडौँ:  नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन ।’   प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने अवस्था नभएको कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’ आईजीपी कुँवरले भने–‘यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’   विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।   प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए ।

बुटवल:  लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)मा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।    लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले  जानकारी दिए ।   लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।   माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । 

पोखरा:  ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट अकल्पनीय विकासका काम सम्भव भएतापनि आध्यात्मिकता बिना त्यो अधुरो रहने र मानवमनलाई शान्त र स्थिर बनाउनका लागि मेडिटसन तथा योग अभ्यास अपरिहार्य रहणै कुरामा जोड दिनुभयो । यस प्रशिक्षण कार्यक्रम पोखरेलीहरुका लगि पक्कै नै उपलब्धीमूलक रहने तथा उपस्थित हुने प्रशिक्षार्थीहरु सबैको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै माननीय मन्त्रीले कार्यक्रमको सफलताको शूभकामना व्यक्त गर्नुभयो । जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै ब्रह्माकुमारीज नेपालका अध्यक्ष राजयोगिनी परिणीता दिदी ज्यूले आज मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु भएको कुरा बताउनुभयो । दिदी ज्यूले शान्तिको हरेकलाई आवश्यकता हुनुको कारण शान्ति नै सबै मानवआत्माको ओरिजिनल संस्कार रहेको तथा जीवन यात्रा गर्ने क्रममा मनमा लागेको ती फोहोर दाग सफा गर्नको लागि यस्ता महत्वपूर्ण प्रशिक्षणहरु जीवनपरिवर्तनका माध्यम हुन सक्ने भएकोले यो अनमोल अवसर नगुमाउन वहाँले सबैलाई आग्रह गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा संस्थाका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बराल ज्यूले वर्तमान तनावयुक्त माहोलमा सुखमय र शान्त जीवन बाँच्नका लागि हरेकले आध्यात्मिक पुरुषार्थ तथा अन्तरमनको शुद्धिकरणमा मा सजग रहनुपर्ने बताउनुभयो । मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै वहाँले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताउनुभयो । प्रकृतिका तत्वहरु, आफ्नो जीवन, परिवार र समाजप्रति न्याय गर्नका लागि हरेक दिन केही समय आध्यात्मिक पुरुषार्थमा लाग्न जरुरी रहेको तथा यस कार्यक्रममा प्रशिक्षक राजु घले ज्यूबाट प्राप्त जिवन उपयोगी महत्वपूर्ण टिप्सहरुलाई जीवनमा चिन्तन, मनन र धारण गरेर आफ्नो जीवनमा पूर्णतया खुसी र आनन्द ल्याउन पनि उहाँले आग्रह गर्नुभयो । पाँच दिवसीय कार्यक्रमका ओजस्वी प्रशिक्षक ब्र। कु। राजु घले ज्यूले कार्यक्रमको शुभकामना मन्तव्य दिनका साथै प्रथम सत्रमा अति नै उत्साहपूर्वक प्रशिक्षार्थिहरुका लागि जीवन खुशीयाली बनाउने तरिकाका साथै राजयोगको गहन ज्ञानलाई सरल, व्यवहारिक र वैज्ञानिक प्रस्तुती प्रदान गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डिन दयाराज ढकाल ज्यू लगायत विभिन्र समाजसेवी राजनितिज्ञ, नेतृत्व पंक्तीमा रहेका महानुभावहरु, विभिन्न सघं संस्थाका प्रतिनिधिहरु, ब्रहमाकुमारीज शाखा, उपशाखाका सञ्चालिका दिदी बहिनीहरु सहित करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । तीन सत्र मध्ये मध्याकालीन सत्र पोखरा १५ शिवचोकमा रहने उक्त कार्यक्रमको कुशलतापूर्वक सञ्चालन राजयोगिनी ब्रह्माकुमारी शोभा दिदी ज्यूले गर्नुभएको थियो ।

पोखरा:  महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा न.१७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो  । उक्त हाजिरीजवाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको थियो । कार्यक्रम अन्तराष्ट्रिय पर्वतिय संग्रहालय,पोखरा १७ रातोपैह्रा मा सम्पन्न भएको हो  । गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलाप मा सहयोग गर्ने बताउदै महिला हरु को लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन को सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई वर्गीकरण गर्ने योजना रहेको उक्त कार्यक्रम मा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता  पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गरेकी छिन ।   कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप(प्रमुख मन्जु देबि गुरुङ ले यसरी महिलाहरु लाई  यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिएकी छिन ।   उक्त प्रतियोगिता मा प्रथम जुनतारा आमा समूह  भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह  द्धितिय, सन्चयकोस आमा समूह तृतिय  र सान्तोना मा  घारिकुलो आमा समूह भएका   छन । सो प्रतियोगीता मा १०र१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०र१० समूहमा  ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा  प्रथम, दोस्रो, तेस्त्रो  र सान्तोना छुट्याइएको हो ।   सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो ।  कार्यक्रम को संयोजक सर्मिला सुवेदीको रहेको थियो  । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न। १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।