मगर सामुदायिक होमस्टेमा पर्यटकको आगमनमा वृद्धि

नवलपरासी | चैत १५, २०७९

मगर सामुदायिक होमस्टेमा पर्यटकको आगमनमा वृद्धि

अर्खला:  पूर्वी नवलपरासीको होमस्टेहरू पर्यटन प्रवर्द्धन र जातीय परम्पराका कारण विकासको बलियो आधारको रूपमा अगाडि बढेका छन् ।

 

पूर्वी नवलपरासीको पहाडी क्षेत्रको बुलिगंटार गाउँपालिकाको वडा नं. ४ अर्खला चुलीबोझामा ४ वर्षअघि स्थापना गरी सञ्चालन गरिएको देवचुली चुलीबोझा मगर सामुदायिक होमस्टे (घरबास)मा आन्तरिक एवम् बाह्य पर्यटकको आगमनमा वृद्धि भएसँगै स्थानीयको जीवन स्तरमा समेत परिवर्तन आएको अर्खला वडा नं ४ का वडाध्यक्ष मिनबहादुुर आलेमगरले बताउनुभयो ।

 

स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएको सो होमस्टे निरन्तरको अथक प्रयासपछि अहिले सफलता तर्फ उन्मुख भएको देवचुली चुलीबाेझा मगर सामुदायिक होमस्टेका अध्यक्ष हेमलाल बरालले बताउनुभयो ।

 

पूर्वी नवलपरासीको उत्तरपूर्वी क्षेत्र पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा नं. ४ बोझा पोखरीमा रहेको होमस्टेमा गएको सात महिनायता आन्तरिक पर्यटक तीन हजार एक सय जनाले होमस्टेमा बास बसेको अध्यक्ष बरालले बताउनुभयो ।

 

मगर सामुदायिक होमस्टेसँगै रहेको प्रसिद्ध देवचुली डाँडा ७ महिनाको अवधिमा तीन हजार एक सय स्वदेशी पर्यटकले होमस्टेमा बास बसेको अभिलेख रहेको होमस्टे सञ्चालकले बताउनुभयो । मगर समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, सांस्कृतिक पहिचान, रहेको भन्दै पर्यटकको आकर्षण बढेको अध्यक्ष बरालको भनाइ छ ।

 

मगर होमस्टेमा समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, देवचुली डाँडा, त्रिकन्या देवीको दर्शन, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार ( कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुरा)ले गर्दा समेत पर्यटनको आगमन बढेको सञ्चालक नौसिंह ठाडाले बताउनुभयो ।

 

होमस्टेमा बस्न आउने व्यक्तिहरू मध्ये आलोपालो प्रणाली अन्तर्गत सबैको घरमा बस्ने कारणले समेत आफूहरूले सबै खालका पाहुनाहरूको स्वागत गर्ने मौका पाएको र उनीहरूबाट नयाँ कुरा समेत सिक्न पाएको ठाडाको भनाइ छ ।

 

पूर्वी नवलपरासीको बुलिङटार वडा नम्बर ४ मा स्थापना गरिएको होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । सो होमस्टेमा तीन बटा हलकोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।

 

होमस्टेमा जाने पर्यटकलाई बस्ने, खाने सबै व्यवस्था सञ्चालक समितिले गर्दै आएको छ । होमस्टे पुगेका आगन्तुकबाट उठेको रकम १० प्रतिशत समूहमा राखेर बाँकी पैसा भने होमस्टेका सदस्यहरूलाई वितरण गर्ने गरिएको छ । कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने होमस्टेले स्थानीयवासीको जीवनस्तरमा समेत परिवर्तन ल्याएको वडाध्यक्ष आले मगरको भनाइ छ ।

 

होमस्टे सञ्चालनपछि गाउँमा विकास निर्माणको कामदेखि स्थानीयवासीको आनीबानी तथा व्यवहारमा परिवर्तन आएको स्थानीय बताउँछन् । जिल्लामा मात्र थारु, मगर, गुरुङ र निजी क्षेत्रमा सञ्चालन गरिएको बरौली होमस्टे सञ्चालनमा छन् । जिल्लामा रहेका अमलटारी र पिप्रहर होमस्टे भने देशका प्रमुख होमस्ट मध्ये पर्दछन् ।

काठमाडौं:  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।   निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्द...

थप पढ्नुहोस्

कञ्चनपुर:  कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।    बुधबार  गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...

थप पढ्नुहोस्