काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ।   एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ। आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र  पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए।   आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए।   एसले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ।    मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ। 

काठमाडौं : सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ ।     सोमबार प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो ।    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ ।   महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । 

तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा  प्रदान गर्ने भएको छ।  यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो।      गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो।  गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।    'पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं', उनले भने, 'स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन्।'   स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार तीन हजार पाँच सय शुल्क लाग्ने छ। स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ।   सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले जानकारी दिए।    यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन,  डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ। कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।   त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ। सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए।

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले नेपाल–भारत बीच स्थल र हवाइमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरु विस्तार हुने बताए । मन्त्री किरातीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभई अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ । जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने मलाई विश्वास छ ।’    ‘नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ,’ उनले भने । मन्त्री किरातीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए । 

तनहुँ:  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ।    नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो।    उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा पाँचदेखि १० जनासम्म सुरक्षाकर्मी खटाइनेछ। चारवटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकाले प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको जानकारी उहाँले दिनुभयो। सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको परीक्षा सञ्चालन हुनेछ। गुरुकुल संस्कृततर्फ साधारण संस्कृतमा १९ र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो।   कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।  

पोखरा:   जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभा ३२ बुदेँ प्रस्तावित कार्यक्रम तथा निर्णय गरी सम्पन्न भएको छ ।  जिसस सभाहलमा सोमबार बसेको जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभाले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तहबाट भईरहेका विकासका आयोजनाहरु, अन्य निर्माण कार्य, राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाहरुको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।  विपद् बाट उत्पन्न हुने जनधनको क्षेतीलाई न्यूनिकरण गर्न आवश्यक पूर्व तयारी, खोज तथा उद्धार र राहात व्यवस्थापन र पुनः निर्माणको कार्यलाई तिब्रता दिन स्थानिय तह सँग समन्वय गर्ने, जिससको मौजुदा कोष संचालन निर्देशिका २०७५ को कार्यान्वयन र निरन्तरता दिने, अनुगमन तथा मुल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने, ढुंगा गिट्टी बालुवा उत्खनन् विक्री तथा वितरण मपदण्डलाई कडाइका साथ लागु गर्ने र वातावरणिय प्रभाव मुल्याङ्न गर्ने लगाएतका निर्णय भएको छ । त्यस्तै सभाले जिससलाई आवश्यक पर्ने कानुन संविधान बमोजिम प्रदेश सरकारले बनाउने भनिएको तर प्रदेश सरकारले कुनै ऐन कानुन नबनाईदिएकोले अबिलम्ब बनाउन प्रदेश सरकारलाई माग गर्ने निर्णय समेत गरेको छ । कास्कीको छैटौं जिल्ला सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानले कल्पना गरेको भन्दा बढी अधिकार कुनै पनि निकायले खोज्न नहुने बताउनुभयो । उहाँले जिल्ला समन्वय समिति सम्बन्धि कानुन के के बनाउन आवश्यक छ र त्यसमा केके व्यवस्था गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्नुभयो । तनहुँका समन्वय प्रमुख शान्तिरवण वाग्लले जिल्ला समन्वय समितिलाई भुमीका विहिन बनाएर कागजमा मात्र सीमित गराउने हो भने यसको कुनै औचित्य नहुने बताउनुभयो । संविधानले नै समितिको परिकल्पना गरेर पदाधिकारी तथा सदस्य बनेकाले यसलाई बलियो बनाउन राजनितिक दल र नेताहरु इमान्दार हुनुपर्ने धारण राख्नुभयो । कास्की जिल्ला सभाका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले प्रदेशले कानुन नबनाइदिँदा अनुगमन, सहजीकरण गर्ने कामले गति लिन नसकेको बताउनुभयो । उहाँले समन्वय समितिको दोस्रो कार्यकाल जारी भईरहदा समेत संविधान बमोजिमको अधिकार पाउनुपर्छ भन्दै जहाँ गएर पनि गुनासोमात्र गर्नुपरेको बताउनुभयो । यसका लागि सरकारले वेवास्ता गर्न नहुने धारणा राख्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै जिल्ला समन्वय समितिले पालिकाको विकास र परिवर्तनका सवालमा समन्वय गरिदिनुपर्ने बताउनुभयो । गाउँपालिका राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष एवम् रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विकास निर्माणका काममा केन्द्र, प्रदेश र स्थानीय तहका समस्या समाधान गर्न जिससले समन्वयकारी भुमीका खोल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमममा प्रतिनिधि सभाका सदस्य द्धोय विद्या भट्टराई र शिव नेपालीले पालिकाहरुबीच समन्वय गर्ने जिल्ला समन्वय समितिले पनि आफ्नो औचित्य पुष्टि गर्न काम बाटै देखाउनपर्ने धारणा राख्नुभयो ।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको स्पष्ट पारेका छन्। मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको विषय सार्वजनिक भएपछि मेयर शाहले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहने बताएका छन्।    उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको टिप्पणी गरे। ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन।’ फेसबुकमार्फत उनले भनेका छन्,‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन्।’   यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभई न्यायको लागि भएको उनको भनाई छ। ‘शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरि सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’     मेयर शाहले पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको धारणा राखेका छन्।   ‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो। यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो। पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो।’ उनले थपे, ‘तर यी कुनै नभइरहेको अवस्थामा काठमाडौँ महानगरले उहाँहरुको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो। तर उहाँहरुले खुलामञ्चभन्दा अन्य विकल्पहरु मान्न तयार हुनु भएन। खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ।’   मेयर शाहले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने तर्क गरेका छन्। पीडितहरु माथिल्लो सरकारमा आइपुगेपछि हदैसम्म शिघ्रता देखाएर समाधान हुनुपर्ने धारणा राखे। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, ‘रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ। र यस आन्दोलनमा हाम्रो ऐक्यवद्धता रहनेछ।’  

ताप्लेजुङ:  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीर  गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो । हाङ्पाङस्थित कालीदह जङ्गलमा सिकार खेल्न गएका गुरुङको सोमबार राति करिब १० बजेतिर छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।   घटना लगत्तै हाङ्पाङ प्रहरी चौकीको टोलीले बीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि कार्कीले बताउनुभयो । उहाँका अनुसार घटनाको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गर्न दोभान इलाका प्रहरी कार्यालय चाँगेबाट प्रहरी टोली गएको छ ।    घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याइनेसमेत प्रहरीले जनाएको छ । यता घटनाको विषयमा थप अनुसन्धानको कार्य सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

ढोरपाटन:  अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो । खासगरी काठेखोला गाउँपालिकाअन्तर्गतका गाउँ यही बजार हुँदै जानु पर्छ । त्यसले गर्दा यहाँ व्यापार व्यवसाय पनि राम्रो हुने गरेको पाइन्छ ।   विसं २०५४ मा सडकले जोडिएको अक्षते बजारमा लामो समयसम्म बस्ती विस्तार हुनसकेको थिएन । पछिल्लो आधा दशकमा यहाँ घर भवन बन्ने र बजार विस्तार तीव्रगतिमा भएको छ । कुनै बेला दैनिक उपभोग्य सामान किनमेल गर्न टाढा–टाढा पुग्ने स्थानीय अहिले घरमै पाउँछन् । अहिले अक्षते बजार काठेखोला गाउँपालिकाको पाला, भीमापोखरा, बिहुँ, तङ्ग्राम, धम्जालगायतका गाउँका स्थानीयको नजिकको बजार बनेको छ ।   गाउँमा सडक सञ्जाले जोडिन थालेपछि यस ठाउँमा चहलपहल बढ्न थालेको स्थानीय ५६ वर्षीय तोरणध्वज मल्लले बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म अक्षतेमा दुई–चारवटा घरमात्रै रहेकामा अहिले दिनप्रतिदिन बढ्दै गएको सुनाउनुभयो । साढे दुई दशक पहिले यो ठाउँ सडक सञ्जालले जोडिए पनि पूर्वाधारका हिसाबले पछाडि परेको भन्दै अहिले सबै किसिमका सेवा–सुविधा थपिँदै गएपछि बस्तीसमेत विस्तार हुँदै गएको मल्लको भनाइ छ ।   उदयमान सहरका रूपमा विकास हुँदै गएको अक्षतेलाई व्यवस्थापन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउनुहुन्छ । ढल व्यवस्थापन, नक्सा पासलगायतका कामको सुरुआत गर्नुपर्ने उहाँको भनाइ छ । अहिले बजार व्यवस्थापनका खाका नकोरे पछि समस्या आउने मल्ल बताउनुहुन्छ । खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पनि सरकारले काम गर्न बाँकी रहेको उहाँ सुनाउनुहुन्छ ।   “अक्षते पहिलेको तुलनामा धेरै परिवर्तन भएको छ, यहाँ सडक आएपछि मात्रै विकासको सुरुआत भएको हो, सडक नआउनुभन्दा पहिले यहाँका मान्छे नुन– तेल ल्याउन पर्वतको कार्कीनेट पुग्थे, एक दिनमै गएर आउन गाह्रो पथ्र्यो, बागलुङ बजारमा पनि गाडी आइसकेको थिएन”, मल्लले भन्नुभयो, “अहिले त पहिलेको जस्तो समस्या छैन, सबै सेवा–सुविधा घरै अगाडि आएका छन्, यहाँ नपाएको सुविधा आधा घण्टामै बागलुङ बजारमा पुगेर लिन सकिन्छ ।”   स्थानीय तलबहादुर पुनले अक्षतेमा सेवा–सुविधा बढ्न थालेपछि ग्रामीण क्षेत्रबाट झरेर बसाइँ गर्न थालेको बताउनुभयो । पहिले यस ठाउँ खेतीयोग्य जमिन रहेको सुनाउँदै अहिले बजारका रूपमा विकास भएको पुनको भनाइ छ । सबैभन्दा पहिले यहाँ एसियाली विकास बैंक (एडिबी)ले सडक खुलाएको भन्दै पछि सरकारले मध्यपहाडी लोकमार्ग बनाएपछि अक्षतेले मुहार फर्दै गएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “अहिले जुन बजार बन्दै गरेको ठाउँ छ, यहाँ खेतीपाती हुन्थ्यो, धान, गहुँ र मकै फल्थ्यो, पछि–पछि बस्ती विस्तार हुँदै गएपछि खेतीयोग्य जमिनमा घर–भवन बन्न थाले, अहिले धेरै परिवर्तन भएको छ यो ठाउँ, पहिले सडक साँघुरो थियो, अहिले हिलो धुलो भए पनि अलि फराकिलो भएको छ, सडक कालोपत्र गर्ने काम पनि हुँदैछ ।   काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले गाउँपालिकाले बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि योजना बनाएको बताउनुभयो । घर भवन निर्माण लागि मापदण्डसमेत लागू गर्ने तयारीमा रहेको भन्दै जग्गा वर्गीकरण पनि गरिरहेको बताउनुभयो । पालिकाअन्तर्गत पर्ने बजारमा दीर्घकालीन व्यवस्थापन गर्ने गरी पालिकाले योजनाको सुनाउनुभयो ।   “गाउँ तथा बजार सबैतिर पालिकाले धेरै काम गर्नुपर्ने छ, अक्षते बजार काठेखोला गाउँपालिकाको मुख्य बजार रहेको हुँदा यहाँको सौन्दर्यकरणदेखि फोहर व्यवस्थापन, ढललगायत अन्य व्यवस्थापकीय पक्षलाई के–कसरी सुधार गर्न सकिन्छ र दीर्घकालीन हुनसक्छ भनी अध्ययन गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विस्तारै यहाँको विकास र व्यवस्थापका काम हुँदै जाने छन् ।”