पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

ढोरपाटन:    बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

दाङ:    नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए ।  शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।  बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

काठमाडौं:    युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो । गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ । ।

काठमाडौं:   राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । उम्मेदवारहरुले चाहेमा आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली हिजो सार्वजनिक गरिएको थियो । मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ । सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुई जना उम्मेदवार बिरुद्ध उजुरी परेको थियो । तर ति उजुरीका सम्बन्धमा कुनै कार्वाही गर्नु नपर्ने निर्णय सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरीमाथी छानविन गरी कार्वाही गर्नु नपर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिन्ह भने भोलि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।

काठमाडौं:    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिनुभएको थियो । पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उहाँको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिनुभएको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिनुभएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उहाँको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।

पोखरा:    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।   विद्यालयको ७७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा आज (बिहीवार) रक्तदान कार्यक्रममा आयोजना गरिएको थियोे ।  कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।  ।कार्यक्रममा बोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पु¥याएको बताईन् । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ।   यसैविच  विद्यालयमा आजदेखि विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्बन्धित बस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

सर्लाही:     हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।   हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

काठमाडौं:   काठमाडौं नगरपालिका–१६ मा नक्कली नोटसहित एक युवती प्रकाउ परेकी छिन् ।  काठमाडौं बालाजु  माछापोखरी चोकबाट ५ थान एक हजारको नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  माछापोखरी चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले न्यौपानेलाई प्रकाउ गरेको हो । 

काठमाडौं:    नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्ति निकालेर जनाएको छ । राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गएको वर्ष भदौमा बलात्कारको उजुरी परेको थियो । बलात्कार आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि हिजो नै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए।