पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

सर्लाहीः  ‘लिटल बुद्ध’ समेत भनेर चिनिने रामबहादुर बमजनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।    विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई बुधवार विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउने या नआउने अनिश्चित भएपछि राति नै सडकमार्ग भएर सर्लाही ल्याइएको हो । राति कडा सुरक्षाका बिच सडकमार्ग हुँदै बमजनलाई सर्लाही ल्याइएको हो ।    बमजनलाई अहिले सर्लाहीको जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ  नेपाल प्रहरीको केन्द्रीय असन्धान ब्युरो (सीआइबी) को टोलीले काठमाडौँको बूढानीलकण्ठमा आफ्नै घरबाट पक्राउ गरेको थियो ।      बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बमजनको जीवनशैली अपत्यारिलो छ  ।   ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताउनुभयो । प्रहरीले बमजन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाससमक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले जानकारी दिनुभएको छ ।    प्रहरीले मुद्दाको मिसिल बुझाइसकेकाले थुनछेक बहस तत्कालै सुरु हुने सर्लाही जिल्ला अदालतले जनाएको छ । बमजन सर्लाहीको चुरे भेगमा पर्ने लालबन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा पनि केही वर्ष बसेका थिए ।    स्थानीयका अनुसार बमजनको आश्रम अहिले सुनसान छ । कहिलेकाहीँ केही अनुयायी आउजाउ गर्ने गर्छन् । बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थरकोटमा रहेको सो आश्रममा पटक–पटक छापा मारेको थियो । 

काठमाडौं:    जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

तनहुँ:   पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु  भएको छ भने १० जना यात्रु घाइते भएका छन् । बुधबार बिहान तनहुँको भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं.को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो । जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताए ।  घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उनले बताए ।  उनका अनुसार जीप दुर्घटनामा घाइते भएका  स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्नेहरू वर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने वर्ष २७ की पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा गण्डकी अस्पताल पोखरामा उपचार भइरहेका छ ।  यसैगरी, जिपिमा उपचाररत घाइतेहरूमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको  निस्ति गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पङ्गेनी छन् । 

काठमाडौं:    बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउँदै आएका छन् । 

काठमाडौं:    राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।  मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।  निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।

पोखरा:    पोखरामा सुन जस्तो देखिने ४५ थान पहेँलो धातु प्रहरीले फेला पारेको छ ।  पोखरा महानगरपालिका–१५ टुटुङ्गा ढुङ्गेसाघुको पुल नजिक झाडीमा बेवारिसे अवस्थामा कालो झोलाभित्र सुन जस्तो देखिने ४५ थान पहेँलो धातु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  हिजो (सोमबार) बिहान अन्दाजी साढे आठ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका सशस्त्र प्रहरी कर्मचारीहरु बाहिरी अभ्यासको क्रममा खटिएको अवस्थामा उक्त वस्तु फेला परेको कास्की प्रहरीले जनाएको छ ।   सुन जस्तो देखिने वस्तु वेवारिसे अवस्थामा भेटिएको सूचनापछि अनुुसन्धानका लागि खटिएको प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघ तथा स्थानीयको रोहबरमा बरामद गरी चेकजाँच गर्न पठाउँदा उक्त वस्तु सुन नभएको पत्र आज सुनजाँदी व्यवसायी संघ कास्कीबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखरामा कारको ठक्करबाट मृत्यु  भएका एक पैदल यात्रीको दुईसाता बितिसक्दा पनि अझै सनाखत हुन सकेको छैन् । बागलुङ बसपार्कबाट जिरोकिमीतर्फ जाँदै गरेको कारले दुईजना पैदल यात्रीलाई गत पुस ९ गते मध्यरातमा पस्र्याङचोकमा ठक्कर दिएको थियो ।  कारले पैदल यात्रीलाई ठक्कर दिँदा बागलुङको ढोरपाटन नगरपालिका–६ घर स्थायी घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एकजना पैदल यात्रुको मृत्यु भएको थियो ।  कारको ठक्करबाट मृत्यु  भएका बागलुङको ढोरपाटन नगरपालिका घर भई पोखरा बस्ने ढालेन्द्र छन्त्यालको शव केही दिन पछाडि परिवारले बुझेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले सुनगाभा न्यूजलाई जानकारी दिए ।  यस्तै कारको ठक्करबाट मृत्यु  भएका अन्दाजी ३०/३५ वर्ष जस्तो देखिने पुरुषको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।   कारको ठक्करबाट मृत्यु  भएका पैदलय यात्रीको शव पोष्टमार्टम पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ ।     कास्कीको माछापुच्छ«े गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङले चलाएको  बा १३ च ३७२१ नम्बरको कारले गत पुस ९ गते मध्यरातामा दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालक गुरुङ वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र आवेदन दिन अनुरोध गरेको छ । प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउने सम्बन्धी सूचना निकालेर आजदेखि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखेर आवेदन दिन भनेको हो । प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । प्राधिकरणले महसुल नबुझाउने उद्योगको विद्युत् लाइन काटेको छ । बक्यौता रहेका केही उद्योगले महसुल रकम बुझाउन थालेपछि उनीहरुको लाइन जोडिएको छ ।

इलाम:   इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।