करको विरोधमा आज बन्द भए देशभरका सिनेमा हल
काठमाडाैं | माघ २२, २०८०

काठमाडौं: कर विरोधमा आज देशभरका सिनेमा हल बन्द गरिएको छ।
सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले सोमबार फिल्म प्रदर्शनमा रोक लगाएको हो।
सरकारले अव्यवहारिक रूपमा ३६ प्रतिशत कर उठाउँदै आएको संघको भनाइ छ। चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै संघले यसलाई खारेज गर्नुपर्ने माग गरेको छ। अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।
‘हामीले सरकारलाई ज्ञापन पत्र दिने तयारीमा छौं। यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार चरणबद्ध रूपमा अगाडि बढ्ने छौं। आज सांकेतिक रूपमा एक दिन हल बन्द भयो अब हामी पहल गर्ने तर्फ लाग्छौ ।’ संघका महासचिव नरेन्द्र महर्जनले भने।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...