पोखरा: गण्डकी प्रदेश सरकार र नेपाल र्याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं । उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ । एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।
तनहुँ: तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको हो । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।