एलओडी क्लबका दुई सञ्चालकलाई खोज्दै प्रहरी

काठमाडाैं | असार २१, २०८०

एलओडी क्लबका दुई सञ्चालकलाई खोज्दै प्रहरी

काठमाडौं:   लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको छ । 


१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले  लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी अनुमति लिएको हो । 


जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी लिएर खोजी कार्य सुरु गरेको हो । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। 


गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। 

 

यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।


प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्