पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक फेरि बन्द
चितवन | असार १७, २०८०
तस्बिर फाइल
चितवन: चितवनको नारायणगढ-मुग्लिन सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण राजमार्ग अहिले अवरुद्ध छ । सडकको नौ ठाउँमा पहिरो झरेको छ । सबै भन्दा ठूलो पहिरो तीननम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् ।
बिहिबार दिउँसोबाट पहिरोका कारण यो सडक अवरुद्ध छ । पहिरो पन्छाउदै गाडी चलाउदै गरेपनि राती ठूलो पहिरो झरेपछि राजमार्ग बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिए।
अहिले दुई स्क्याभेटर, दुई लोडर पहिरो पन्छाउन परिचालन गरिएको छ ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

