सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
पाेखरा | असार ५, २०८०
पोखरा: बसपार्क कास्कीमा रहेको श्री सहारा वाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
मिति २०८० असार ४ गते वडा नं ९ वडा का अध्यक्ष दिपेन्द्र मर्सानिको अध्यक्षतामा वसेको वैठकले समाजसेवी, शिक्षा तथा खेलप्रेमी, विकासप्रेमी सहारा क्लब पोखराका पूर्व अध्यक्ष श्री विक्रम थकालीलाइ सर्वसम्वत निर्वाचित गरेको छ ।
यस अघिनै मिति वि।व्य।स समितीमा अभिभावकहरुको तर्फबाट मिति २०८० जेठ १९ गते भएको भेलाले विकास बराल, जुना दर्जी र रामु बस्नेत त्यसैगरी वडावाट मोनित सदस्यहरु ठाकुर प्रसाद काप्री, समाजसेवी, बुद्दिजीवी एवम चन्दादाताहरुको तर्फवाट शुशिल लामिछाने त्यसैगरी शिक्षक प्रतिनिधि रुद्र बहादुर कार्की राजु र सदस्य सचिव मा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन हुनुभएको छ।
विद्यालय निरिक्षक जीवन प्रसाद रेग्मि र वडा सदस्य नन्दराम गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयको चौतर्फी विकासका बारेमा छलफल भएको थियो ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

