काठमाडौंमा दाजुलाई खुकुरी प्रहार गरी हत्या गर्ने भाई पक्राउ
काठमाडाैं | जेठ ३०, २०८०
काठमाडौं: प्रहरीले काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भाइलाई पक्राउ गरेको छ ।
दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका २५ वर्षीय सुरज शाक्इलाई आज बिहान पौने १० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
घरायसी विवादको क्रममा गएराती ४५ वर्षीय दाजु सूर्य शाक्यको टाउकोमा खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनी घरबाट रातारात भागेका थिए ।
घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार आज बिहान ८: २० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
पक्राउ परेका सुरजमाथि थप अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

