पोखरा ३३ मा उद्घोषणकला तथा भाषणकला तालिम सम्पन्न
पाेखरा | जेठ ३०, २०८०

पोखरा ३३ मा चार दिवसीय उद्घोषणकला तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ वडा कार्यालयको आयोजनामा भएको तालिम पोखरा ३३ को वडा कार्यालय, भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउँ र उपल्लो पुडीटारमा गरी तीन ठाउँमा एकसाथ आयोजना गरिएको थियो ।
वडामा रहेका महिलाहरुको नेतृत्व तथा व्यक्त्तित्व क्षमता विकास गर्नको लागि गत शुक्रबारबाट आयोजना गरेको तालिममा वडामा रहेका विभिन्न आमा समुहबाट ८० जनाले सहभागिता जनाएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । जसअनुसार वडा कार्यालयमा २९ जना, पुडीटारमा २३ जना र भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउमा २८ जना सहभागी बनेका थिए ।
आगामी दिनमा यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिदै महिलाको क्षमता विकासमा वडाले हरपल साथ दिने वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस अगाडि वडाले महिलालाई लक्षित गरेर ढाका बुन्ने तालिम, कृषि तालिम, साबुन पानी तालिम, कृष्टलका चुरापोते लगायतका तालिम समेत सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्षको लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको समेत उनले खुलाए । हरेक टोलमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेर समेत यहाँको आवश्यकता के हो भन्ने पहिचान गर्ने गरिएको उनको भनाई थियो ।
तालिम कार्यक्रमको आयोजना गर्नुको उद्धेश्यबारे वडा सदस्यहरु विनोद भण्डारी, प्रकाश कार्की, दुर्गा थापा केसी, लिलादेवी नेपालीले सहभागीमाझ प्रकाश पारेका थिए । सबैजनालाई सहज होस् भनेर तीन ठाउँमा कार्यक्रम आयोजना गरिएको उनीहरुले बताए । सिकेका सिपलाई समुहका अन्य सदस्यलाई हस्तान्तरण गर्न सहभागी समक्ष उनीहरुको आग्रह थियो ।
तालिममा सहभागी रमा गौतम, आकृती आचार्य, शान्तिदेवी आचार्य लगायतले यस्ता तालिम कार्यक्रलाई निरन्तर आयोजना गर्न वडासँग अनुरोध गरें । चार दिने तालिमले सबैको अगाडि गएर निर्धक्कका साथ आफ्नो भनाई राख्न तथा विभिन्न शैलीका कार्यक्रम सहज तरिकाले सञ्चालन गर्ने क्षमता थपेको बताए । तालिम मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने उनीहरुको प्रतिवद्धता थियो ।
तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले सहजीकरण गरेका थिए ।
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...
पोखरा: नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं...