कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ
धनकुटा | जेठ २१, २०८०
धनगढी: कैलालीमा प्रहरीले लागुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका ५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।
शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार साँझ नै टीकापुर नगरपालिका ९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका(९ पुर्वीखैरीफाँटा बस्ने २५ वषर्ीय सागर कडारा रहेको जानकारी दिए ।
धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।
बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...
काठमाडौं: नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

