मुस्ताङमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जना प्रकाउ
मुस्ताङ | जेठ १७, २०८०
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा र तनहुँका ६ जनालाई मुस्ताङ प्रहरीले प्रकाउ गरेको छ ।
घरपझोङ गाउँपालिका ४ स्थित स्याङ्जाको विरुवा गाउँपालिका घर भएका कुलमानसिँह थापाले सञ्चालन गरेको होटलबाट जुवातास खेलिरहेका ६ जनालाई ३ बुक तास र ७३ हजार ५० रुपैयाँसहित प्रकाउ गरिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रकाउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका घर भएका कृष्ण गुरुङ, म्याग्दे गाउँपालिका घर भएका राजेन्द्र थापा, रामबहादुर थापा, स्याङ्जाको विरुवा गाउँपालिका घर भएका टापबहादुर थापा, पुतलिबजार नगरपालिका घर भएका धनबहादुर गुरुङ र जुवातास खेलाएको आरोपमा होटल सञ्चालक कुलमान सिँह थापालाई प्रकाउ गरिएको हो ।

जुवातास खेलिरहेको अवस्थामा प्रकाउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रहरी हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जनाएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

