पाल्पाको गेझाठाँटी–गरन्डाँडा सडकखण्ड जेठ २० सम्म बन्द

पाल्पा | बैशाख २८, २०८०

पाल्पाको गेझाठाँटी–गरन्डाँडा सडकखण्ड जेठ २० सम्म बन्द

पाल्पा:  पाल्पाको चिलाङ्दी –चापपानी –राम्दी सडकखण्ड अन्तरगतको गेझाठाँटी– गरन्डाँडा सडकखण्ड आगामी जेठ २० गतेसम्म बन्द हुने भएको छ ।

 

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि आगामी जेठ २० गतेसम्म सडक बन्द हुने जनाएको हो ।

 

सूचनामा भनिएको छ, ‘चिलाङ्दी –चापपानी –राम्दी (गेझाठाँटीदेखि गरन्डाँडा खण्ड) मा बेस बिछ्याउने कार्य भई कालोपत्रे गर्ने तयारीमा रहेकाले मिति वैशाख २८ गतेदेखि जेठ २० गतेसम्मका लागि सडक बन्द रहने सूचना सबैमा जानकारी गराइन्छ । सो अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’

 

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्