माछापुच्छ्रे गाउँपालिका क्लबस्तरीय फुटबलमा आयोजक च्याम्पियन
पाेखरा | बैशाख २६, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा भएको माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब च्याम्पियन भएको छ ।
भिडाबारीस्थित बराह माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा ह्याप्पी ब्रदर्श लाहाचोकलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
आयोजकको जीतमा अनुप लामिछाने, सुजन मगर र मनिष ठकुरीले समान १\१ गोलको योगदान दिए ।
च्याम्पियन बनेको खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब (पहेलो) ले ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको ह्याप्पी ब्रदर्शले १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे भने सान्त्वना स्थान हाँसिल गरेको ग्रीनहिल क्लब ल्वाङलाई ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीका रुपमा आयोजककै सुनिल विक पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै मनिष ठकुरी, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमकै अनुप लामिछाने, उत्कृष्ट डिफेन्डरका रुपमा आयोजककै सुजन मगर घोषित भए ।
यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै पारसमान गुरुङ र उत्कृष्ट मिल्डफिल्डरका रुपमा ह्याप्पी ब्रदर्शका मनोज नेपाली आकर्षक पुरस्कृत भएका थिए ।
सो प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका कुल ३४ टिमको सहभागिता रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

