हङकङ बजारका व्यवसायीहरुको महानगरलाई चेतावनी: ‘माग सम्बोधन नभए ताला लगाउँछौं’
पाेखरा | बैशाख २६, २०८०
पोखरा: हङकङ बजारका व्यवसायीहरुले माग सम्बोधन नभए महानगरमा ताला लगाउने चेतावनी दिएको छ ।
विभिन्न मागसहित चरणबद्ध आन्दोलनमा रहेका हङकङ बजारका व्यवसायीले आज पनि महानगरलाई घेराउ गर्दै आफुहरुको माग सम्बोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले विरोधका क्रममा महानगरले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै सिठ्ठी बजाएर नाराबाजी गरेका थिए ।
हङकङ बजारका व्यवसायीमाथि अस्भाविक भाडा वृद्धि गरेको र कृषि सामाग्री कम्पन्नीले आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कायम गर्नुपर्ने ३ बुँदे उनीहरुको माग छ ।
‘हिजो सडकमा फुटपाटमा व्यवसाय गर्दै गर्दा कृषि सामाग्री कम्पनीको जग्गामा हामीलाई व्यवस्थापन गरियो, व्यवसायी जीवन अलिले सुनगाभा न्यूजसँग भने, ‘अहिले ४ सय प्रतिशत भाडा बढाएर टेण्डर आह्वान भयो, टेण्डर प्रक्रियामा जाँदा त्यो बढेर जान्छ, बढेर आएको भाडा तिर्न सक्दैनौ, व्यापार त्यही अनुसार हुँदैन ।’
उनले हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको अभिाभावक महानगरपालिका भएकाले महानगरपालिकाले नै समस्याको समाधान गर्नुपर्ने बताए ।
अर्का व्यवसायीले भने, ‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो तर अहिले बोलपत्र आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’
व्यवसायीहरुले महानगरपालिकाले सर्वदलीय बैठकबाट नै समस्याको समाधान निकाल्नुपर्नेसमेत आग्रह गरे ।
पोखराको विभिन्न स्थानका फुटपाट व्यवसायीहरुलाई महानगरपालिकाले तत्कालिन समयमा २०६९÷११÷१०÷१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरेको थियो ।
व्यवसायीको आन्दोलनमा राजनीतिक दलको ऐक्यबद्धता
हङकङ बजारका व्यवसायीहरुको आन्दोलनलाई कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले व्यवसायीहरुलाई धरायसी बनाउन नहुने बताउदै ऐक्यबद्धता जनाएका हुन् ।
हङकङ बजार व्यवस्थापन समितिले ४ सय प्रतिशत भाडावृद्धि गरेर कृषि सामाग्री कम्पनीले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेपछि त्यसको विरोध गर्दै राजनीतिक दलहरुलाई पत्र पठाएका थिए ।
आन्दोलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले फुटपाटमा व्यवसाय गर्दै व्यवसायीहरुलाई हतोत्साहित गराउने गरी टेण्डरमा जानु गलत भएको बताए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री अशोक खड्काले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको बताए ।
‘कृषि सामाग्री कम्पनीले कुनै विचौलियालाई पोस्ने गरी टेण्डर आह्वान गरेको छ, ३ देखि ४, ५ सय प्रतिशत भाडादर वृद्धि हुने गरी टेण्डर आह्वान भएको छ, खड्काले भने, ‘हङकङ बजारका व्यवसायीहरुको समस्या समाधान नभएरसम्म संसददेखि सडकसम्मसँगै रहन्छौं ।’
२०६९ सालमा पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...
रसुवा: जिल्ला प्रहरी कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ । कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले गत १ ...