श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
झापा | बैशाख २५, २०८०
झापा: झापाको कनकाई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

