सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा
काठमाडाैं | बैशाख ४, २०८०
काठमाडौं: हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी हुनुहुन्छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यसवर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ ।
सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार शिविरमा पुगेको छ । बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । यसवर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ । रासस
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

