कास्की जिसस प्रमुख पौडेलको प्रतिबद्धताः कृषकलाई समयमै मल, बिउँ उपलब्ध गराउने
काठमाडाैं | जेठ २९, २०७९

कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।
उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।
काम र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...