देशैभरका उद्यमीलाई स्टार्ट अप कर्जास्वरुप ३ प्रतिशत ब्याजमा २५ लाखको अनुदान

पाेखरा | चैत २३, २०७९

देशैभरका उद्यमीलाई स्टार्ट अप कर्जास्वरुप ३ प्रतिशत ब्याजमा २५ लाखको अनुदान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ । 

 

विभागका अनुसार कर्जा लिन इच्छुक स्टार्ट अप उद्यमीहरुमा नवीनतम ज्ञान, सिप, सोंच र दक्षता हुनुपर्नेछ । झट्ट हेर्दा यसअघि विभागले उपलब्ध गराएको महिला उद्यमी कर्जाभन्दा केही फरक मोडल रहेको विभागले जनाएको छ । 

 

‘विभागको उद्देश्य देशभरका त्यस्ता समूहलाई लक्षित गरिएको छ जसले स्थानीय उद्यम र अर्थतन्त्रमा टेवा दिन सकुन्’ विभागकी निर्देशक रमिला भण्डारी भन्छिन् ‘सह लगानी वा साझेदारी फर्महरुलाई सरकारले दिने विशुद्ध अनुदान हो ।’ भण्डारीका अनुसार संयुक्त लगानीमा रहेका कम्पनीले विभागबाट अधिकतम २५ लाख रुपैयाँ अनुदान पाउनेछन् ।
 

 

स्टार्ट अप कर्जाका लागि अन्य सहुलियतपूर्ण कर्जा जस्तै ३ प्रतिशत मात्र ब्याजदर तोकिएको छ । स्टार्ट अप व्यवसायलाई कार्यविधिले विभिन्न बस्तु सेवालाई विकास गर्ने, सञ्चालन गर्ने र उत्पादन गर्ने भनी तोकेको छ ।
निर्देशक भण्डारीले दिएको जानकारी अनुसार अनुदानका नाममा दिइने कर्जा उद्यम परियोजनाअनुसार अधिकतम २५ लाख रुपैयाँ हुनेछ भने ३ प्रतिशत ब्याज लाग्नेछ । 

 

‘बढीमा २५ लाख रुपैयाँसम्म अनुदान हुनेछ, साना परियोजना पनि प्राथमिकतामा पर्नेछ’ भण्डारी भन्छिन् ‘कर्जास्वरुप दिइने अनुदानको समयसीमा ७ वर्ष हुनेछ ।’

 

आवेदनका लागि विभिन्न ७ वटा शर्तहरू राखिएको छ । जस्तै उद्योग सञ्चालन भएको न्यूनतम ७ वर्ष भएको हुनुपर्ने, उद्योगमा भएको लगानी, नवीनतम सोच भएको हुनुपर्ने, औद्योगिक सम्पत्तिमा त्यस उद्यमको पहुँच के कस्तो छ भन्ने जस्ता विषयहरू शर्तमा समावेश गरिएको छ ।
 

 

स्टार्ट अपबाट आवेदन आइसकेपछि १ महिना भित्र मूल्याङ्कन गरी छनोट भएकाहरूको सूची नेपाल राष्ट्र बैङ्कलाई मूल्याङ्कन समितिले पठाउने गर्छ । मूल्याङ्कन गर्दा सबैभन्दा बढि अङ्क ल्याउने स्टार्ट अपहरूले कर्जा सुविधा पाउने गर्छन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि त्यसको ७ दिनभित्र कर्जा सिफारिस गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।

 

 

कर्जा विशेषगरि नेपालकै लागि प्राथमिकताको क्षेत्र, प्रविधि, विज्ञान, सञ्चार जस्ता क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सञ्चालन भएका उद्यमहरूलाई प्रदान गर्ने कार्यविधिको योजना छ ।

 

 

आवेदन बैशाख ६ गतेसम्म दिन सकिनेछ । आवेदन दिने प्रक्रिया झन्झटिलो छैन । प्रस्ताव फारम, उद्योग दर्ता गर्दाको प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ताको प्रमाणपत्र र उक्त उद्योगको अधिकारिकता जनाउनका लागि आधिकारिक व्यक्तिको नागरिकताको फोटोकपी आवेदन फारमसँगै समावेश गर्नुपर्ने छ । 
 

 

नवीनतम सोच भएका साना उद्यमहरू, स्टार्टअप गर्नेहरूले यस सहुलियतपूर्ण कर्जा लिन आफ्नै परियोजनालाई धितोका रुपमा राख्न पाउनेछन् ।
 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्