‘प्रज्ञा उत्सव’ कार्यक्रम गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान
कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म हुने
पाेखरा | जेठ २७, २०७९
पोखरा : गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ ।
यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ ।
यसैगरी पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहनेछ ।
कार्यक्रम गर्नुको मुख्य उद्धेश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फÞत हौसला बढाउन मात्र नभएर श्रस्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उहाँले खुलाउनुभयो । यस्ता कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन सहयोगी बन्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको विश्वास छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गन क्रियाशिल बन्ने उपकुलपति गोरे गुरुङले बताउनुभयो । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उहाँको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमा नै प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

