चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला
काठमाडाैं | चैत २७, २०७८
प्युठान, चैत २७ गते । चैते दशैँ मनाएर ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला परेका छन् । ससुराली गौमुखी गाउँपालिका–५ खुङबाट आफ्नो घर गौमुखी गाउँपालिका–७ नारिकोट फर्किँदै गरेका ४५ वर्षीय धनबहादुर रोका बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
रोका ढ्वाटेखोला नजिकै बाटोदेखि अन्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ श्रीमतीसँगै फर्किएका रोका श्रीमतीको पछिपछि हुनुहुन्थ्यो ।
श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शनिबार राति साढे १२ बजे मृत अवस्थामा भेटिएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

