महिला नेत्रीको गुनासो — नेतृत्व लिन सक्षम, चुनाव लड्न पैसा छैन
काठमाडाैं | चैत २७, २०७८

तम्घास, चैत २७ गते । गुल्मीका महिलाहरूले गाडीमा तेल र मदिराको खोलो बगाउन नसक्ने हुँदा स्थानीय निर्वाचनमा आफूहरूले प्रमुख पदमा टिकट नपाइने चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय तहमा महिला नेतृत्व सुनिश्चताका लागि तम्घासमा भएको एक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो विचार व्यक्त गरेका हुन् । इश्मा गाउँपालिका नेपाली काँग्रेसकी उपसभापतिसमेत रहनुभएकी पार्वती कुँवरले आर्थिक अवस्था कमजोर भएका कारण महिलाहरूले टिकट पाउन र निर्वाचनमा उठ्न नसक्ने गरेको बताउनुभयो ।
उहाँले अहिले निर्वाचन खर्चिलो भएका कारण र महिलाहरू नेतृत्व गर्न सक्दैनन् भन्ने राजनीतिक सोचका कारण पनि महिलाहरूलाई प्रमुख पदमा उम्मेदवारी दिन वञ्चित गराउने गरेको उहाँको भनाइ छ । निर्वाचनमा गाडी कुदाउन इन्धन भर्नुपर्ने र कार्यकर्ता परिचालनमा मदिरा र मासुबिना नखटिने भएकाले आर्थिक रूपमा सम्पन्न मात्रैले टिकट पाउने गरेको उहाँको गुनासो छ । महिलाहरू नेतृत्व लिन सक्षम हुँदाहुँदै पनि आर्थिक र राजनीतिक कारणले पछाडि पर्नु परेका उदाहरणहरू उहाँले प्रस्तुत गर्नुभएको हो । महिला अधिकारकर्मी कमला बरालले पनि आर्थिक अभावका कारण मुख्य पदमा उठ्न नसकिने गरेको बताउनुभयो । घरमा रहेका कुखुराका अण्डा बेच्दा पुरुषलाई सोध्नुपर्ने हाम्रो पितृ सतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरूले कहिल्यै स्थान नपाउने उहाँको भनाइ छ ।
नेकपा एमालेकी नेत्री सञ्जीवनी अर्यालले अनुभवबाट खारिएका र हाल उपप्रमुख वा उपाध्यक्षहरूलाई प्रमुख पदको जिम्मेवारी दिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अनुभवबाट खारिएकालाई नेतृत्व दिँदा सहज हुने र कार्यसम्पादनमा समेत उपलब्धि हासिल गर्न कुनै समस्या नरहने उहाँको तर्क छ । यस्तै नेपाली काँग्रेसकी नेत्री कल्पना पन्थीले महिलालाई नेतृत्वबाट वञ्चित गराउने गरेको भन्दै यो त्यो बहानामा पन्छाउने काम नगर्न राजनीतिक दललाई आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जीसीले माओवादीले नै ल्याएको व्यवस्थामा आफ्नै पार्टीमा महिलाहरू अन्यायमा नपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सहसचिव धर्म पाण्डेले योग्यता र क्षमताका आधारमा नेतृत्व दिइने बताउनुभएको छ । नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले महिलाहरूले स्थानीय तहको निर्वाचनमा नेतृत्व लिनका लागि दलहरूलाई नै दबाब दिन आवश्यक रहेको बताउनुभयो । गुल्मीमा नेकपा एमालेका दुई नगरपालिकासहित आठ स्थानमा उपप्रमुखहरू महिला छन् भने कालीगण्डकी गाउँपालिकामा जनमोर्चाको उपाध्यक्ष हुनुहुन्छ । गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेसकी उपाध्यक्ष हुनुहुन्छ । धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट पुरुष उपाध्यक्ष शिवबहादुर खत्री उपाध्यक्ष हुनुहुन्छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...