रेवान कपको उपाधि नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी

पाेखरा | चैत ५, २०७९

रेवान कपको उपाधि नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी

पोखरा:   नविन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । 


आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नविनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४-२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४-६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नविनले दोस्रो सेट ६-२ ले तथा तेस्रो सेट सुपर टाइमा ९-२ ले आफ्नो पोल्टामा पारेका थिए ।


त्यसैगरी मेन्स डबल्सतर्पmको उपाधि अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६-१, ६-१ को सहज नतिजा निकाल्दै अनुज र नविनको जोडिले उपाधि आफ्नो पक्षमा पारेका हुन् । जितसँगै विजयी खेलाडीले नगद रु १० हजार तथा उपविजेता खेलाडीले नगद रु ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नवप्रवेशी तर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफि पुरस्कार प्राप्त गरे ।


प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए । विशेष अतिथि नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए । अर्का अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको जनाए ।


कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोह संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नविन चालिसेले लगायतले आ–आफ्नों भनाई राखेका थिए । 
 

गण्डकी:   गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...

थप पढ्नुहोस्

काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

थप पढ्नुहोस्