फोटो खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

बाग्लुङ | चैत ५, २०७९

फोटो खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

बागलुङ: पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो।

 

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए।

 

न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्