सामुदायिक सेवा केन्द्र वगरको अन्नपूर्णमा सचेतना कार्यक्रम
पाेखरा | चैत ३, २०७९
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिकामा लैगिंक तथा घरेलु हिंसा सम्बन्धि सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण गाँउ पालिका–३ लक्ष्मी देउराली स्थित सामाजिक वातवरणीय आमा समूहको व्यवस्थापनमा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले सहजिकरण गरेका थिए ।
प्रक्षिकण कार्यक्रममा लैगिंक हिंसाको परिचय, लैगिंक हिंसा सम्वन्धमा नयाँ मुलुकी एनेमा भएका व्यवस्थाहरु र घरेलु हिंसा सम्वन्धमा नयाँ मुलुकी ऐनमा भएका व्यवस्था र सो सम्वन्धमा घटेका घटनाका वारेमा उजुरी कहाँ र कहिले गर्ने भन्ने वारेमा जानकारी गराइएको थियो ।
गाँउ गाँउमा पुगेर लैगिंक तथा घरेलु हिंसाका वारेमामा सचेतना जगाउने उद्देश्यले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले यस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्येष्ठ नागरिक टिकाराम पौडेलले यस्ता खालका कार्यक्रमले गाउमा सचेतना जगाउन मद्दत मिल्ने बताए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक कमल प्रसाद बास्तोला, सामाजिक वातवरणीय आम समूहकी अध्यक्ष राधिका पौडेलले बोलेका थिए ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

