हाइकर्स क्लबद्धारा फेदीखोला बाँगे फड्केको प्रवर्द्धन

पाेखरा | चैत ३, २०७९

हाइकर्स क्लबद्धारा फेदीखोला बाँगे फड्केको प्रवर्द्धन

पोखरा:  हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँको हाइकिङ (एक दिने पदयात्रा) मार्फत प्रबद्र्धन गरेको छ ।


विभिन्न जातजातीको वसोबास रहेको उक्त गाउँ कुनै वेला पञ्चासे जाने विदेशी पर्यटकको रोजाइको क्षेत्र बाँगे पछिल्लो समय सुस्ताउँदै गएकोले सो क्षेत्रको प्रबद्र्धनको लागि हाइकिङ समुह पुगेको उक्त कार्यक्रमका यातायात संयोजक राजकुमार क्षेत्रीले वताए ।


आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने उद्धेश्यले विगत ४ वर्षदेखि निरन्तर संचालन भइरहेको हाइकिङ भाग ३२ औं श्रृङ्खला सम्पन्न गरिएको हो ।


सो कार्यक्रममा १० वर्ष देखि ६५ वर्षसम्मका ३२ जना सहभागी रहेका थिए । उक्त समुह पोखराबाट फेदीखोला ३ भाटखोलाको पारिकोवारी सम्म मिनि वसमा र पारिकोवारी देखि वाँगे मैदान स्कुलसम्म स्थानिय जिपको यात्रामा रमाउदै गएको थियो ।


बाँगे गाउँमा खानपिन गरेपछि हाइकिङका संयोजक पत्रकार कृष्ण रानाभाटको नेतृत्वमा शिव मन्दिर, गोराको वारी, वडा कार्यलय, हुदै डाँडाको पोखरासम्म पैदल यात्रा गरेको थियो भने उक्त चौताराबाट फर्किएर ऐतिहासिक कोट मन्दिर (काल भैरब मन्दिर) दर्शन गरी पैदल नै भाटखोलाको चिप्लेटी हुँदै भालुपहाडको अवलोकन गर्दै हाइकिङ सम्पन्न गरेको थियो ।


आगामी हाइकिङ चैत्र महिना २५ गते अन्तिम शनिबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा गरिने भएको छ । खाना र यातायात व्यवस्थापनको लागि सहज वनाउन सहभागी हुन इच्छुकले २० गतेसम्म नाम दर्ता गर्न अर्थ संयोजक टिका आचार्य सुवेदीले अनुरोध गरेकी छन् ।

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...

थप पढ्नुहोस्

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल...

थप पढ्नुहोस्

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

थप पढ्नुहोस्