युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीसहित १६ जनाको मृत्यु
काठमाडाैं | माघ ४, २०७९
काठमाडौंः युक्रेनको राजधानी किएभको बाहिरी भेगमा रहेको शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना बालबालिकाको पनि ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । आन्तरिक मामिला मन्त्रालयका कैयौँ उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ ।
अनलाइनमा पोस्ट गरिएको एउटा भिडियोमा हेलिकप्टरमा आगो लागेको देखिन्छ भने रुवावासी भएको आवाज सुनिन्छ । दुर्घटनाको सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।
४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि मन्त्री नियुक्त हुनुभएको थियो ।
दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

