बगर भाई खलक एट ए साइड सुरु, उद्घाटन खेलमा आयोजक बिजयी
पाेखरा | माघ ४, २०७९
पोखराः पोखराको पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट“प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”सुरु भएको छ ।
उद्घाटन खेलमा बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५-१ को भारी गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक गर्दै खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३-१ ले पराजित गर्यो। खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका यिए ।प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए ।
स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०र२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

