हमासले २० जना जीवित बन्धक रिहा गर्यो
काठमाडाैं | असोज २७, २०८२
तस्बिर फाइल
काठमाडौं: गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ ।
सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइएको हिब्रु भाषाका मिडियाहरूले जनाएका छन्।
यससँगै अब हमासको नियन्त्रणमा कुनै पनि जीवित बन्धक बाँकी नरहेको जनाइएको छ। उता नेपाली युवक विपिन जोशीको अवस्थाबारे अहिलेसम्म मृत्यु भएको या जीवित रहेको खुलेको छैन ।
उनका दाजु किशोर जोशीले इजरायली अधिकारीसँगको कुराकानीका आधारमा बताएअनुसार विपिनलाई हमासका सदस्यले अझै सुरूङभित्र खोजिरहेका छन् ।
तर अहिलेसम्म उनी जीवित या मृत रहेको केही खुलेको छैन । हमासले पनि विपिनलाई जीवित या मृत दुवै सूचीमा राखेको छैन । यस्तो अवस्थामा उनको वास्तविक अवस्था खुल्न नसकेको हो ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले केही सञ्चारमाध्यधलाई इजरायली अधिकारीहरूले विपिनको निधन भइसकेको भनेर अन्तर्वार्ता दिएका छन् । तर विपिनको एकीन अवस्था के हो भन्ने जवाफ हमासले अहिलेसम्म दिन सकेको छैन । हालसम्म इजरायली रक्षा बल ९आईडीए० र रेडक्रसले यसबारे औपचारिक पुष्टि गरेका छैनन्।
हमासले दक्षिणी गाजाबाट बाँकी १३ जीवित बन्धकहरू हस्तान्तरण गरेको हो । २८ जना बन्धकका शवहरू अझै पनि उक्त हमासको नियन्त्रणमा छन् । केहीको शव सोमबार नै इजरायलमा हस्तान्तरण गर्ने योजना छ ।
मुक्त गरिएका २० जना बन्धक
एल्काना बोहबोट, माटान एङ्ग्रेस्ट, अविनातान ओर, योसेफ–हाइम ओहाना, एलोन ओहेल। एभ्यातार डेभिड, गाइ गिल्बोआ–दलाल, रोम ब्रास्लाभ्स्की, गाली बर्मान, जिभ बर्मान, एइतान मोर, सेगेभ काल्फोन, निम्रोड कोहेन, म्याक्सिम हर्किन र एइतान होर्न।
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गर...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

