विमान दुर्घटनाः ४८ शव काठमाडौँमा लगिँदै
पाेखरा | माघ ३, २०७९
पोखराः आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएका शव काठमाडौँ लगिने भएको कास्कीका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा ४ चालक दल सहित ६८ यात्रु सवार थिए । आइतबार बिहान पोखराको सेती खोचमा जहाज दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने दुर्घटना स्थलमा २ जना अझै बेपत्ता छन् ।
पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउन थालिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

