जहाजको खोजी मानपाथी हिमालको फेदीतर्फ केन्द्रित

पाेखरा | जेठ १५, २०७९

जहाजको खोजी मानपाथी हिमालको फेदीतर्फ केन्द्रित

काठमाण्डौँ:    पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ ।

 

भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ केन्द्रित बनेको नेपाली सेनाका सेनानी प्रेम पौडेलले जानकारी दिनुभयो ।

 

​स्थानीयद्वारा आशङ्का गरिएको दुर्घटना भएको ठाउँमा पुग्न कोवाङदेखि तीन घण्टा लाग्ने जनाइएको छ ।
 
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेका अनुसार बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर कोवाङमा अवतरण भएको भने अर्को फिष्टेल एयरको हेलिकोप्टर जोमसोम विमानस्थलमा रहेको छ ।

 

उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थलमार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ ।

 

पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्